१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १८ मंगलबार o८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिक उन्मुक्तिमा फेरि किचलो : बहुमत सदस्यले रञ्जिता श्रेष्ठलाई हटाए दलको नेताबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार o८:३९:oo

नागरिक उन्मुक्ति पार्टीका बहुमत संघीय सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएका छन् । पार्टीका चारमध्ये तीनजना सांसद गंगाराम चौधरी, लालवीर चौधरी र अरुणकुमार चौधरीले आइतबार यो निर्णय गरेका छन् । उनीहरूले गंगारामलाई दलको नेता चयन गरेका छन् । उनी यसअघि प्रमुख सचेतक थिए । उनीहरूले लालवीरलाई प्रमुख सचेतक चयन गरेका छन् । उनी पार्टी संस्थापक रेशम चौधरीका बाबु हुन् । आइतबारको बैठकमा श्रेष्ठ भने सहभागी थिइनन् । 

संघीय सदनमा पार्टी अध्यक्ष श्रेष्ठलाई दलको नेताबाट हटाएलगत्तै नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्षले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका पार्टीका दुई मन्त्रीलाई फिर्ता हुन पत्र पठाएको छ । दुवैजना मन्त्री पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठनिकट हुन् । संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीका दुवै मन्त्रीलाई सोमबार पत्र पठाउँदै सरकारबाट फिर्ता हुन भनेका छन् ।

प्रदेश सरकारमा नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात र टीका थापा कृषि तथा भूमिसुधारमन्त्री छन् । प्रदेश सभामा सात सदस्य रहेको नागरिक उन्मुक्तिमा पाँच सदस्य पार्टी संरक्षक रेशम पक्षमा र दुई सदस्य अध्यक्ष रञ्जिता श्रेष्ठको पक्षमा छन् ।

प्रदेशमा सरकार गठनका क्रममा अध्यक्ष श्रेष्ठले घनश्यामलाई दलको नेताबाट हटाएर आफूनिकट कैलाशलाई दलको नेताको जिम्मेवारी तोकेकी थिइन् । श्रेष्ठले दलको नेता फेरिएको पत्र प्रदेश सभामा समेत पठाएकी थिइन् । त्यसयता नागरिक उन्मुक्तिमा दलको नेता को हो भन्ने विषयमा पनि विवाद छ । रेशम पक्षले भने दलको नेता फेर्ने अधिकार अध्यक्षलाई नभएको भन्दै घनश्याम नै दलको नेता भएको दाबी गर्दै आएको छ ।

ad
ad
ad
ad