१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
लन्डन
२o८१ असार २० बिहीबार १o:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

बेलायतमा लेबर पार्टी सत्तामा फर्किने प्रक्षेपण

Read Time : > 1 मिनेट
लन्डन
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १o:१३:oo

बेलायतमा आज संसद्को निर्वाचन हुँदै छ । चार वर्षपछि भइरहेको यस आमनिर्वाचनमा प्रमुख दुई दल सत्तारुढ कन्जर्भेटिभ पार्टी र विपक्षी लेबर पार्टी नै प्रमुख प्रतिस्पर्धी हुनेछन् । चुनावअघि भएको मतसर्वेक्षणले लेबर पार्टी १४ वर्षपछि बहुमतसहित सत्तामा फर्किने र कन्जर्भेटिभले सत्ता गुमाउने देखाएका छन् । हाल सत्तारुढ कन्जर्भेटिभ पार्टीको नेतृत्व ऋषि सुनकले गरिरहेका छन् भने लेबर पार्टीको नेतृत्व किर स्टर्मरले गरेका छन् । 

लेबर पार्टीका नेता किर स्टर्मर पूर्ववकिल हुन् । निर्वाचनअघि भएका मतसर्वेक्षण सही ठहरिए लेबर नेता किर स्टर्मर बेलायतको प्रधानमन्त्री बन्ने प्रबल सम्भावना छ । जेरेमी कोर्बिनपछि लेबर पार्टीको नेतृत्व सम्हालेका स्टर्मरले कोर्बिनको नेतृत्वमा वामपन्थी झुकाव लिएको पार्टीलाई मध्यमार्गमा ल्याए । यस परिवर्तनले पार्टीको मताधार फराकिलो बनेको विश्लेषकहरू बताउँछन् । 

कन्जर्भेटिभ पार्टीका नेता ऋषि सुनक फेरि एकपटक देशको प्रधानमन्त्री बन्ने दौडमा छन् । तर, यसपटक उनका लागि बाटो निकै कठिन रहेको सर्वेक्षणले देखाएका छन् । सन् २०२२ मा लिज ट्रसको राजीनामापछि बेलायतको प्रधानमन्त्री बनेका भारतीय आप्रवासी अभिभावकबाट बेलायतमा जन्मिएका ऋषि सुनक मुद्रास्फीति नियन्त्रण गर्ने मूल वाचाका साथ सत्तामा आएका थिए । तर, उनीमाथि कैयौँ वाचा पूरा नगरेको आरोप पनि लाग्दै आएको छ । यस्तोमा उनीविरुद्ध जनआक्रोश व्यापक छ । सुनक बेलायतका पहिलो एसियाली र हिन्दू प्रधानमन्त्री हुन् ।

बिहीबारको निर्वाचनमा लेबर र कन्जर्भेटिभपछि तेस्रो दलका रूपमा चरम दक्षिणपन्थी रिफर्म युके पार्टी उदाउने मतसर्वेक्षणले देखाएका छन् । रिफर्म युके पार्टीले धेरै प्रमुख सिटमा कन्जर्भेटिभ पार्टीलाई नोक्सान पु¥याउन सक्ने धेरै सर्वेक्षणले दाबी गरिरहेका छन् । यस दलका नेता हुन् बेलायतको राजनीतिमा उग्र दक्षिणपन्थी नेताको पहिचान बनाएका पूर्वसांसद ६० वर्षीय निगेल फराज । बिहीबार हुने निर्वाचनमा उनी आठौँपटक सांसद बन्ने प्रयासमा छन् । फराजमाथि जातीय र समलिंगीविरोधी भनाइ दिएको आरोप लाग्ने गरेको छ । सन् २०१६ मा युरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमनबारे भएको जनमत संग्रहमा बहुमत बेलायतलाई संघबाट बाहिर निकाल्नुपर्ने पक्षमा लागेका फराजबीच केही वर्षको निष्क्रियतापछि पुनः सक्रिया राजनीतिमा फर्किएका छन् । 
 

ad
ad
ad
ad