१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
२o८१ जेठ ९ बुधबार o८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

गोपी लन्डन  म्याराथनमा दौडने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o८:२२:oo

नवौँ नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्की लन्डन म्याराथनमा दौडने भएका छन् । नेपालगन्ज म्याराथनले सोमबार गोपीको सहभागिताको सम्बन्धमा निश्चित भएको जानकारी दिएको छ । गोपीले आफ्ना लागि नेपालगन्ज म्याराथन सधैँ लक्की रहँदै आएको बताएका छन् । ‘पहिलोपटक विजेता बन्दा ओलम्पिकका लागि छनोट हुने भनिएको थियो । यसपटक लन्डन म्याराथन खेल्ने मौका मिलेको छ,’ उनले भने, ‘नेपालगन्ज म्याराथनको रुट नेपालकै सबैभन्दा राम्रोमा पर्दछ । लन्डन म्याराथनमा राम्रो नतिजाका लागि प्रयास गर्नेछु ।’

९ मंसिरमा भएको नवौँ नेपालगन्ज म्याराथन दुई घन्टा २१ मिनेट ३८ सेकेन्डका गोपीले उपाधि जितेका थिए । नेपालगन्ज म्याराथनका दुईपटकका विजेता गोपी १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता हुन् । सन् २०१९ मा स्वदेशमा भएको १३ औँ सागमा उनले पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । लन्डन म्याराथन २१ अप्रिलमा हुनेछ । गोपीको लन्डन म्याराथनका लागि नेपाल युके रनले व्यवस्थापन गरेको छ । 

युके रनका प्रतिनिधि सन्तोष राईले भविष्यमा पनि नेपालगन्ज म्याराथन र हाफ म्याराथनका विजेतालाई पनि लन्डन म्याराथनमा सहभागिता गराउन प्रयास गरिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले नेपालगन्ज, पोखरा र काठमाडौं म्याराथनलाई महत्वका साथ हेरेको बताएका छन् । ‘सिटी म्याराथनमा खासमा स्थानीय निकायकै भूमिका हुन्छ,’ उनले भने, ‘त्यसमा राखेपको पनि साथ रहँदै आएको छ ।’ 

राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले लामो तयारीपछि सफल प्राप्त गर्न सकिने र त्यसमा परिषद्को पनि भूमिका रहनुपर्नेमा जोड दिएका थिए । नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने योजनामा साथ दिएकोमा युके रनलाई धन्यवाद दिए ।

ad
ad