१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
२o८१ असार २० बिहीबार १o:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लालध्वज हत्या प्रकरण : उच्च अदालत वीरगन्जद्वारा जिल्ला अदालत बाराको फैसला सदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १o:o३:oo

बाराको निजगढ नगरपालिका– ८ का ३४ वर्षीय लालध्वज लामा ‘सानु’को हत्यासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले बारा जिल्ला अदालतको फैसलालाई सदर गरेको छ । १ नम्बर इजलासले बुधबार साँझ फैसला गर्दै अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन र भरत लम्सालको संयुक्त इजलासले जिल्ला अदालत बाराको फैसला सदर गर्ने आदेश दिएको हो ।

कर्तव्य ज्यान मुद्दामा दुई वर्षअघि जिल्ला अदालत बाराले निजगढ नगरपालिका– ८ का ३३ वर्षीय केशवराज सिवाकोटी, सोही ठाउँकी वर्ष ३९ की बन्दना लामा, निजगढ वडा नम्बर ९ बस्ने वर्ष ४५ को ‘सञ्जय’ भनिने चक्रबहादुर तामाङ र सर्लाही जिल्ला बागमती नगरपालिका– ३ बस्ने वर्ष २४ का जोखबहादुर स्याङतानविरुद्ध सुनाएको जन्मकैदको फैसला उच्च अदालतले सदर गरेको मृतकका दाजु आसमान लामाले जानकारी दिए । 

जितपुरसिमरा उपमहानागरपालिका– २२ अमलेखगन्जस्थित ससुराली घरबाट ०७७ साल असार २१ गते बेपत्ता भएका लालध्वजको एक सातापछि जितपुरसिमरा उपमहानागरपालिका– २२ अमलेखगन्जस्थित २ नम्बर पुल पूर्वतर्फको थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थमा शव फेला परेको थियो । 

जिल्ला अदालतको फैसलामा पुनरावेदन माग गर्दै परेको रिटमा उच्च अदालतले फैसला सुनाएको हो ।

ad
ad
ad
ad