१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १६ आइतबार o९:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

बिजुली बजारमा फल्चा शैलीको बस बिसौनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o९:२६:oo

अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडकखण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनीको उद्घाटन भएको छ । महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले शनिबार फल्चाको उद्घाटन गरेकी हुन् ।

यसअघि १ जेठमा सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ । ‘यी संरचनाहरू काठमाडौंको पहिचानसँग जोडिएकाले नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौंको पहिचान मुख्य सडकबाट प्रवद्र्धन हुनेछ ।’ उपमेयर डंगोलले भनिन्, ‘सहरी सेवा वितरण र सुविधा व्यवस्थापन गर्ने कामसँग मौलिकता जोड्दै लगिनेछ ।’  

परम्परागत निर्माण सामग्री, शिल्प र शैली पछ्याउनुपरेकाले आधुनिक संरचना निर्माणभन्दा लगानी र निर्माण अवधि धेरै लागेको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । यसरी निर्माण गरिएको संरचनाको सुरक्षा गर्न फल्चाका उपभोक्ता, पैदलयात्री तथा स्थानीयवासी सबैले समान दायित्व बोध गर्नुपर्ने केसीको भनाइ थियो ।

कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको हो । वडासदस्य एवं निर्माण संयोजक सतिश तण्डुकार भन्नुहुन्छ, ‘बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।’ उनका अनुसार दुईवटा बस बिसौनी निर्माण सम्पन्न गर्दा करिब ५३ लाख खर्च भएको छ ।

फल्चा उद्घाटन अवसरमा सहभागी स्थानीय र सर्वसाधारणले मौलिक शैलीको संरचनाले सुन्दरतासँगै समृद्धि दर्साएको प्रतिक्रिया दिए । यसपछि अब नयाँ बानेश्वर चोकवारिपारि दुईवटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले जानकारी दिए । 

ad
ad
ad
ad