१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १६ आइतबार o९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बर्दियामा २३.५० प्रतिशत रोपाइँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o९:१२:oo

बर्दियामा न्यून मात्रामा धान रोपाइँ भएको छ । लामो समयसम्म खडेरी भएका कारण मध्य असारसम्म थोरै मात्र धान रोपाइँ भएको हो । कृषि विकास कार्यालय बर्दियाका अनुसार बर्दियामा २३.५० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

जिल्लामा धान रोप्न पर्याप्त पानी पर्न नसकेको कार्यालयले जनाएको छ । आकासे पानीका भरमा धान रोपिने स्थानमा र भूमिगत पानीको सिँचाइ भएको स्थानमा रोपाइँ हुन सकेको छैन । किसानले जसोतसो धानको ब्याड तयार गरे पनि बर्सात कम हुँदा धान रोप्न पाएका छैनन् । केही दिनयता बबई सिँचाइ आयोजनाले पनि पानी छाडेका कारण कृषकले केही राहत महसुस गरेका छन् ।

राजापुर क्षेत्रमा भने कर्णाली नदीको पानीले सिँचाइ हुने भएकाले तुलनात्मक रूपमा धान रोपाइँ अलि बढी भएको छ । कर्णाली नदीमा पानीको बहाब बढेसँगै हाल राजापुर नगरपालिकामा र गेरुवा गाउँपालिकामा धान रोपाइँ तीव्र रूपमा अगाडि बढेको कृषक बताउँछन् । 

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका अनुसार बर्दियामा राजापुर सिँचाइ आयोजना, बबई सिँचाइ आयोजनालगायतका आयोजनाबाट बर्दियाको करिब ७० प्रतिशत भूभाग सिँचाइ हुँदै आएको छ । नदीमा पानीको बहाब कम भएको हुनाले ती आयोजनाबाट पनि यस वर्ष सिँचाइ भएको थिएन । 

ad
ad
ad
ad