१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १६ आइतबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

ताप्लेजुङमा असार मध्यसम्म २९ प्रतिशत मात्र धान रोपाइँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o९:o८:oo

ताप्लेजुङमा रोपाइँ घट्यो

ताप्लेजुङमा असार मध्यसम्म २९ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जिल्लामा जेठदेखि नै रोपाइँ सुरु भए पनि गत वर्षको भन्दा ८ प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञानकेन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापामगरले बताए । वर्षा भए पनि पानीको मूल नफुटेका कारण रोपाइँ ढिलो भएको उनको भनाइ छ ।

ताप्लेजुङमा आठ हजार सात सय ६२ हेक्टरमा धान उत्पादन हुँदै आएको छ । सो क्षेत्रफलमा १७ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ । अहिले जिल्लाको उच्च अर्थात् लेक क्षेत्रमा रोपाइँ भएको छ । लेकाली भेगमा असार पहिलो सातासम्ममा रोपाइँ सकिनुपर्नेमा यो वर्ष समयमा वर्षा नभएकाले रोपाइँ नभएको स्थानीय किसानले बताए ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवसका दिन फुङलिङ नगरपालिकासहित विभिन्न स्थानीय तहमा रोपाइँ गरेर धान दिवस मनाएका छन् । फुङलिङ नगरपालिका–३, क्यानिम टोलमा सामूहिक धान रोपाइँ गरेर दिवस मनाइएको कृषि ज्ञानकेन्द्र ताप्लेजुङका प्रमुख थापामगरले जानकारी दिए । 

ad
ad
ad
ad