१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १८ मंगलबार o८:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न समिति गठन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार o८:५३:oo

विज्ञ सदस्यमा उदय निरौलालाई निरन्तरता दिँदै मन्त्रिपरिषद्बाट छनोट समिति गठन

सोमबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न हाल कायम समितिलाई निरन्तरता दिएको छ । हाल कायम रहेका सदस्यहरूलाई नै निरन्तरता दिँदै पुनः समिति गठन गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको समितिमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्य उदय निरौलालाई नै निरन्तरता दिएको हो । 

यसअघि समितिले सञ्चालन गरेको छनोट प्रक्रियामा अन्तर्वार्ताको चरणमा दुईजना मात्रै उपस्थित भएपछि प्रक्रिया नै रद्द गरिएको थियो । बोर्ड अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी र चिरञ्जीवी चापागाईं अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट भएका थिए । त्यसमध्ये कार्की, अधिकारी र चापागाईं अनुपस्थित हुँदा छनोट प्रक्रिया नै रोकिएको थियो ।

समितिले १६ फागुनमा सूचना प्रकाशन गरी छनोटसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाएको थियो । त्यसपछि बोर्ड अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी र चिरञ्जीवी चापागाईं अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट भएका थिए । त्यसमध्ये कार्की, अधिकारी र चापागाईं अनुपस्थित हुँदा छनोट प्रक्रिया नै रद्द भएको हो ।

धितोपत्र बोर्ड ऐनले अध्यक्ष नियुक्तिका लागि कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरे पनि अन्तिम छनोट प्रक्रियासम्म आइपुग्दा दुईजना मात्रै उपस्थित भएपछि समिति द्विविधामा परेको थियो ।

९ असारमा अर्थ मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमा रायका लागि पत्राचारसमेत गरेको थियो । कार्यालयले १० असारमा पत्र लेख्दै सिफारिस समितिले बोर्ड अध्यक्षमा नाम सिफारिस गर्दा योग्यता पुगेका तीनभन्दा बढी संख्यामा सिफारिस गर्दा बाधा नपर्ने राय दिएको थियो । साथै, छनोट समितिले अध्यक्ष पदमा सिफारिस गर्दा कार्यविधि आफैँ निर्धारण गर्न सक्ने र तोकिएको कानुनी व्यवस्थाअनुसार सिफारिससम्बन्धी निर्णय गर्न सक्ने देखिएको राय पनि महान्यायाधिवक्ताको कार्यालयले पठाएको थियो । अहिलेको समितिलाई मन्त्रिपरिषद्ले निरन्तरता दिएपछि बोर्डको अध्यक्ष छनोट नयाँ ढंगले अघि बढ्नेछ ।

ad
ad
ad
ad