१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
२o८१ असार १८ मंगलबार o८:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

फौजी किराले मकै सखाप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार o८:५o:oo

उत्तरी धादिङको खनियावास गाउँपालिका– १ झार्लाङका स्थानीय फौजी किराको प्रकोपबाट आजित बनेका छन् । बाली लाग्ने वेला भएको मकै सखाप पारेपछि स्थानीय चिन्तित बनेका छन् । गत वैशाखमा असिनापानीले जौ, गहुँ, केराउ, भर्खरै उम्रेका आलुलगायत बालीमा क्षति पुगेको थियो । असिनापानीले ठूलो क्षति व्यहोरेका किसानले केही महिनामै फौजी किराको प्रकोपले आजित पारेको किसान नासुन तामाङ बताउँछन् । ‘महामारीको चक्रमा त फस्यौँ नै । तर, लगाएको बाली भित्र्याएर जीविका चलाउँला भन्ने आस पनि रहेन,’ उनले भने, ‘वैशाखमा अन्य बाली असिनाले क्षति गरे पनि मकै राम्रो फल्छ भन्ने सोचेका थियौँ । तर, दुई सातादेखि फौजी किराले फल्नै लागेको मकैको गुभो खाएर सत्यनाशै बनायो ।’

खनियावासको उंगुल, नेक्सा, याङचेत, च्याङथली, फेङ्हुलगायतका करिब एक सय ५० रोपनी जग्गामा लगाएको मकै फौजी किराले सखाप पारेको तामाङले जानकारी दिए । ‘टोलमा मकै सखापै बनायो । एक–दुईजनाले औषधि प्रयोग गरे पनि किरा नियन्त्रणमा आएको छैन । चिमोट्दै मार्दै गरेका छौँ । तर, फौजी किराको प्रकोप यसरी आयो कि हामीले नियन्त्रण गर्नै सकेनौँ । हातैले मारेर साध्य नै भएन,’ उनले भने । आसपासका सबै किसानले एकैचोटि विषादी हाले मात्रै फौजी किरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारीले बताइन् । ‘फौजी किरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ,’ उनले भनिन्, ‘केही दिनअगाडि किसानले हामीलाई जानकारी गराएपछि विषादी दिएर पठाएका थियौँ । थोरै परिमाणमा मात्रै क्षति पु¥याएको थियो । अहिलेसम्म सखापै पारेको भए टोलटोलमा सबै किसानलाई विषादी उपलब्ध गराएर हाल्न लगाउँछौँ । ‘एउटा किसानले मात्र विषादी प्रयोग गरेर नियन्त्रणमा आउँदैन । पालिकामा विषादी उपलब्ध छ । सबै किसानले विषादी हाल्नुपर्ने हुन्छ । सुुरुमा भएकोभए प्राकृतिक शत्रु जीवबाट नियन्त्रण गर्न सकिन्थ्यो,’ उनले भनिन्, ‘अब सबै किसान मिलेर एकैचोटि छर्किन सके मात्रै नियन्त्रण हुन्छ । ढिला पाक्ने बालीमा फौजी किरा लाग्ने हुँदा जति छिटो विषादी हाल्न सकियो उति नै क्षति कम हुन्छ । विषादी हाल्न किसानले ढिला गर्नुहुन्न ।’ 

ad
ad
ad
ad