१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १६ आइतबार o९:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिदशक घोषणा : प्रम प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o९:oo:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र नभई खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकारले कृषिदशक घोषणा गरेको बताएका छन् । युवालाई स्वदेशमा नै राख्न र कृषिमा आकर्षित गराउन कृषिको आधुनिकीकरण गर्ने काम सरकारको राष्ट्रिय जिम्मेवारी रहेको उनले बताए ।

२१औँ धान दिवस मनाउन चितवन आएका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले भरतपुर महानगरपालिकाले केशरबागमा आयोजना गरेको धान दिवस तथा रोपाइँ महोत्सवमा पनि पुगेर मेसिनबाट धान रोपेका छन् ।

धान दिवसकै अवसरमा आयोजित कार्यक्रममा उनले कृषिमा सुधारका निम्ति आधुनिकीकरण, यान्त्रिकीकरणसँगै उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले काम गर्ने बताए ।

‘हामी छिट्टै धान–चामलमा आत्मनिर्भर हुने गरेर अघि बढेका छौँ,’ उनले भने, ‘सिँचाइ, बिउ एवं मल सहज रूपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिन्छ ।’

कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मल अभाव नभएको बताइन् । उनका अनुसार ९५ हजार मेट्रिकटन मल मौज्दातमा छ भने एक लाख ३१ हजार टन असार अन्तिमसम्म आयातको प्रक्रियामा छ ।  
 

ad
ad
ad
ad