१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Monday, 01 July, 2024
२o८१ असार १४ शुक्रबार o७:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

युरो २०२४ का अन्तिम १६ टोली

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार o७:३१:oo

युरो फुटबल इतिहासमा पहिलोपटक आफ्नो समूहका बेल्जियम, स्लोभाकिया र युक्रेनले समान तीन खेलबाट ४ अंक जोडे

जर्मनीमा आयोजना भइरहेको युरो २०२४ को प्रिक्वार्टरफाइनल खेल्ने सबै टोलीको छिनोफनो भएको छ । प्रतियोगिताको बुधबार राति पहिलोपटक सहभागी जर्जियाले पूर्वविजेता पोर्चुगललाई २–० ले स्तब्ध बनाएपछि अन्तिम १६ को समीकरण तयार भएको हो । यसपटक समूह ‘ए’देखि ‘एफ’सम्मका शीर्ष दुई टोली सीधै नकआउट चरणमा पुगे । उत्कृष्ट तेस्रो स्थानमा रहेका चार टोली पनि अघिल्लो चरणको स्थान सुरक्षित गर्न सफल भएका छन् । युरो २०२४ मा अब दुई दिनको विश्राम छ । प्रतियोगिताको नकआउट चरण शनिबारदेखि सुरु हुनेछ । नकआउट चरणका खेल मंगलबारसम्म चल्नेछ । ५ जुलाईदेखि क्वार्टरफाइनल खेल सुरु हुनेछ । १०–११ जुलाईमा सेमिफाइनल हुनेछ । त्यसपछि १५ जुलाईमा फाइनलको तालिका रहेको छ । 

स्विट्जरल्यान्ड, इटाली, जर्मनी, डेनमार्क, इंग्ल्यान्ड, स्लोभाकिया, स्पेन, जर्जिया, फ्रान्स, बेल्जियम, पोर्चुगल, स्लोभेनिया, रोमानिया, नेदरल्यान्ड्स, अस्ट्रिया र टर्कीले प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । समूहको उत्कृष्ट तेस्रो स्थानमा रही नकआउट चरणमा स्थान पक्का गर्ने राष्ट्रहरू नेदरल्यान्ड्स, जर्जिया, स्लोभाकिया र स्लोभेनिया हुन् ।  

समूह ‘ए’बाट जर्मनी र स्विट्जरल्यान्ड
यस समूहमा आयोजक जर्मनीले विजेता बन्न सर्वाधिक ७ अंक बटुल्यो । स्विट्जरल्यान्ड ५ अंकका साथ उपविजेता बन्यो । युरोपियन फुटबलकै बलियो राष्ट्र हंगेरी तेस्रो स्थानमा रहे पनि अन्य टोलीसँग गोलअन्तरमा पछि पर्दा नकआउट चरणमा पुग्न सकेन । समूह चरणकै अन्तिम खेलमा स्कटल्यान्डमाथि हंगेरीले जित निकालेको थियो । 

समूह ‘बी’बाट स्पेन र इटाली
यस समूहमा साबिक विजेता इटाली र स्पेनले क्रोएसिया र अल्बानियाको चुनौती सामना गरेका थिए । स्पेनले अपराजित यात्रा तयारी गरी विजेता बन्यो । लगभग समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको इटालीले अन्तिम खेलमा क्रोएसियालाई बराबरीमा रोक्दै नकआउट चरणमा स्थान सुरक्षित ग¥यो । खेलको अन्तिम ४० सेकेन्ड सम्हालिन नसक्दा क्रोएसिया बाहिरियो । 

समूह ‘सी’बाट इंग्ल्यान्ड र डेनमार्क
साबिक उपविजेता इंग्ल्यान्डले दुई बराबरी खेले पनि समूह विजेता हुँदै अन्तिम १६ को स्थान सुरक्षित ग¥यो । डेनमार्क र स्लोभेनियाले समान ३ अंक जोडे । यी दुई टोलीबीच गोलअन्तरसमेत बराबरी भयो । त्यसपछि कार्डका आधारमा डेनमार्क उपविजेता बन्यो । स्लोभेनियाले पनि उत्कृष्ट तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनायो । 

समूह ‘डी’मा अस्ट्रिया, फ्रान्स र नेदरल्यान्ड्स
यस समूहमा पनि चारमध्ये तीन टोलीले नकआउट चरण स्थान पक्का गरे । अस्वाभाविक रूपमा अस्ट्रिया शीर्ष र फ्रान्स उपविजेता भयो । नेदरल्यान्ड्स पनि उत्कृष्ट तेस्रो स्थानमा रहँदै अर्को चरणमा पुगेको छ । अस्ट्रियाले ६, फ्रान्सले ५ र नेदरल्यान्ड्सले ४ अंक जोडेका थिए । 
फ्रान्स र नेदरल्यान्ड्सबीचको बराबरीले पोल्यान्ड समूह चरणमै सीमित भयो । 

समूह ‘ई’मा चारै टोलीका ४ अंक
युरो इतिहासमा पहिलोपटक एकै समूहमा रहेका चारै टोलीको समान अंक रह्यो । रोमानिया, बेल्जियम, स्लोभाकिया र युक्रेनले तीन खेलबाट ४ अंक जोडे । रोमानिया सन् २००० पछि नकआउट चरणमा पुग्यो । पहिलो खेलमा स्लोभाकियाबाट स्तब्ध भएको बेल्जियम उपविजेता बन्यो । गोलअन्तरमा युक्रेन पछाडि रहँदा समूह चरणबाटै बाहिरियो । यस समूहबाट स्लोभाकिया उत्कृष्ट तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो । 

समूह ‘एफ’मा पोर्चुगल विजेता
क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल बुधबार अन्तिम खेलमा जर्जियाबाट २–० ले पराजित भयो । यद्यपि, अघिल्ला दुई खेल जितेका कारण पोर्चुगल समूह विजेता हुँदै नकआउट चरणमा पुग्यो । टर्कीले चेक गणतन्त्रलाई २–१ ले हराउँदै उपविजेताको स्थान पक्का बनायो । पहिलोपटक युरो खेलिरहेको जर्जिया पनि उत्कृष्ट तेस्रो रहँदै नकआउट चरणमा पुगेको छ । फुटबल इतिहासमा जर्जिया पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको हो । 

नकआउट चरणका खेल

  • स्विट्जरल्यान्ड–इटाली : २९ जुन
  • जर्मनी–डेनमार्क : २९ जुन
  • इंग्ल्यान्ड–स्लोभाकिया : ३० जुन
  • स्पेन–जर्जिया : ३० जुन
  • फ्रान्स–बेल्जियम : १ जुलाई
  • पोर्चुगल–स्लोभेनिया : १ जुलाई
  • रोमानिया–नेदरल्यान्ड्स : २ जुलाई
  • अस्ट्रिया–टर्की : २ जुलाई
ad
ad
ad
ad