१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Friday, 20 September, 2024
२o८१ असार १२ बुधबार o८:४८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कर्णालीमा १६७ प्रतिशतले बढ्यो मह उत्पादन  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o८:४८:oo

चालू आवको ६ महिनामा कर्णाली प्रदेशमा महको उत्पादन उच्च मात्रामा बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको कर्णाली प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । तथ्यांकअनुसार समीक्षा अवधिमा कर्णालीमा महको उत्पादन १६७ प्रतिशतले बढेको छ । गत आवको समीक्षा अवधिमा कर्णालीमा १५४.८२ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष ४१३.५ मेट्रिकटन रहेको प्रतिवेदनमा उल्लेख छ ।

कृषि बालीको उत्पादनमा ह्रास
प्रतिवेदनअनुसार चालू आवको पुस मसान्तसम्म कर्णाली प्रदेशमा ११ लाख ५१ हजार चार सय ३३ मेट्रिकटन कृषि बालीको उत्पादन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३.५३ प्रतिशतले कम हो । गत आवमा ११ लाख ९३ हजार ०९१ मेट्रिकटन यस्तो उत्पादन भएका थियो । यस तथ्यांकमा खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी, फलफूल तथा मसला र मह उत्पादनसम्बन्धी तथ्यांक समावेश छन् ।   

समीक्षा अवधिमा कर्णालीमा खाद्य तथा अन्य बालीको उत्पादन ३.०५ प्रतिशतले घटेर आठ लाख ३५ हजार ६ सय ९५ मेट्रिकटनमा सीमित भएको छ । त्यस्तै, प्रमुख कृषि बालीमध्ये धानको उत्पादन १२.०४ प्रतिशतले बढेर एक लाख ४५ हजार ६३ मेट्रिकटन पुगेको छ । समीक्षा अवधिमा मकैको उत्पादन भने ७.६१ प्रतिशतले घटेको छ । 

यसैगरी, गहुँ उत्पादन ०.४३ प्रतिशतले बढेर एक लाख ८८ हजार तीन सय २४ मेट्रिकटन पुगेको छ । कोदो, जौ र फापरको उत्पादनमा क्रमशः १६.७३ प्रतिशत र १८.९८ र २५.६९ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । दालको उत्पादन ७.५६ प्रतिशतले घटेर १७ हजार आठ सय ७९ मेट्रिकटन कायम भएको छ । त्यस्तै, तेलको उत्पादन ४.०७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, तरकारी तथा बागवानी उत्पादन ५.२९ प्रतिशतले घटेर एक लाख ८१ हजार ३६८.० मेट्रिकटन कायम भएको छ । गत अवधिमा यस्तो उत्पादन ६.८२ प्रतिशतले वृद्धि भएको थियो । गत आवमा यस्तो उत्पादन एक लाख ९१ हजार चार सय ५० मेट्रिकटन हाराहारी थियो । 

स्थानीय सरकारबाट तरकारी र बागवानी उत्पादनमा लगानी अभिवृद्धि भए तापनि उत्पादनमा प्रभावकारिता नदेखिएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा फलफूल तथा मसला उत्पादनमा ४.३३ प्रतिशतले घटेर एक लाख ३३ हजार नौ सय ५७ मेट्रिकटन कायम भएको छ ।  

समीक्षा अवधिमा प्रमुख फलफूलमध्ये स्याउ र अन्य फलफूलको उत्पादन क्रमशः २९.४५ प्रतिशत र १२.८१ प्रतिशतले बढेको छ ।  सुन्तला उत्पादन भने १९.८३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, आँप र केराको उत्पादनमा पनि क्रमशः ६.६८ प्रतिशत र २४.५७ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा अदुवा, बेसारजस्ता मसला बालीको उत्पादनमा १३.३५ प्रतिशतल घटेर ६१ हजार नौ सय ६१ मेट्रिकटन कायम भएको छ ।

घट्यो कृषि बालीको उत्पादन
चालू आवको ६ महिनामा कर्णालीमा तीन लाख २७ हजार पाँच सय २५ हेक्टर जमिनमा खेती भएको छ । यो गत आवको भन्दा ०.१७ प्रतिशतले कम हो । गत आवको समीक्षा अवधिमा कृषि भएको जमिनको क्षेत्रफल १.४२ प्रतिशतले बढेको थियो । कर्णालीमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल अर्थात् खेती भएको भूभाग ०.२७ प्रतिशतले बढेर दुई लाख ७८ हजार एक सय ५६ हेक्टर पुगेको छ । 

यसैगरी, बागवानी बालीले ढाकेको क्षेत्रफल ३.९९ प्रतिशतले बढेर आठ हजार आठ हेक्टर पुगेको छ । तरकारी बालीले ढाकेको क्षेत्रफल भने १२.६९ प्रतिशतले घटेर १० हजार नौ सय ७८ हेक्टर कायम भएको छ । यस्तै, फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल पनि ०.०३ प्रतिशतले घटेर ३० हजार तीन सय ८३ हेक्टर कायम भएको छ ।