१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
तेजविक्रम थापा
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ३ सोमबार १o:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कृषि सहकारीको  पौने तीन अर्ब अपचलन : अध्यक्ष थापासहित चार पक्राउ, 

पाँच सय ६६ बचतकर्ताले दिए प्रहरीमा उजुरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १o:४२:oo

तनहुँको व्यास नगरपालिका– ११ का ४३ वर्षीय तेजविक्रम थापाले १७ वर्षको उमेरमा कृषि विकास बहुउद्देश्यीय सहकारी स्थापना गरे । सहकारीको संस्थापक चिफ एकाउन्टेन्ट हुँदै २१ वर्ष अनवरत अध्यक्ष बने । सहकारीको करोडौँ रुपैयाँ डुबेपछि उनी पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनामा संलग्न थापाकी श्रीमती ४४ वर्षीया सजना राजकर्णिकार, ५३ वर्षीय भीमसेन महर्जन र ४७ वर्षीय सञ्जय सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयका अनुसार थापाले दुई हजार पाँच सय ३१ बचतकर्ताको दुई अर्ब ८० करोड रुपैयाँ डुबाएका छन् । जसमध्ये हालसम्म पाँच सय ६६ बचतकर्ताले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी भएको भन्दै जाहेरी दर्ता गराएका छन् । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीले पाँच सय ६६ बचतकर्ताको जाहेरीपछि कृषि सहकारीका अध्यक्ष थापासहित चारजना पक्राउ परेको बताए । ‘कृषि सहकारीमा बचतकर्ताका दुई अर्ब ८० करोड रकम अपचलन भएको देखिएको छ । जसमध्ये पाँच सय ६६ बचतकर्ताले ठगीमा परेको भन्दै जाहेरी दिएका छन्,’ उनले भने ।

प्रहरीका अनुसार थापाले आफ्नै स्वामित्वमा विभिन्न कम्पनी खडा गरी बचतकर्ताको रकम मनोमानी ढंगले खर्च गरेका थिए । केही रकम उनले घरजग्गा करोबारमा समेत लगाएका थिए । सहकारीकै रकमबाट उनले भक्तपुरमा ०६६ मा समिट अस्पताल खोलेका थिए । जसको अध्यक्ष उनी आफैँ थिए । उनले ०७० मा अन्नपूर्ण किसान फिड एन्ड फर्टिलाइजर उद्योग खोलेका थिए । उद्योगको अध्यक्ष पनि उनी आफैँ बनेका थिए । विभिन्न कम्पनी खोलेर हौसिएका उनले आफ्नै अध्यक्षतामा ०७१ मा कृषि टेलिभिजन सञ्चालनमा ल्याएका थिए । ०७३ मा गोरखा टेलिभिजन स्थापना गरे । ०७४ मा यती हब्र्स खोले ।

०७१ मा इन्टेन्सिभ मल्टिप्रपोज एग्रिकल्चर कम्पनी खोले । ०६६ मा कृषि इन्भेस्टमेन्ट प्रालि स्थापना गरे । ०७० मा कृषि फ्रेस प्रालि खोलेर उपत्यकाभित्र १४ वटा बिक्री केन्द्र स्थापना गरे । ०७६ मा यती टेक्निक प्रालि खोले । बचतकर्ताको रकमबाट खोलिएका सबैै कम्पनीमा अध्यक्ष उनी आफैँ थिए । कम्पनी चलाउन नसकेकै कारण बचतकर्ताको रकम डुब्न पुग्यो । 
थापाले आफूमातहतका कम्पनीमा सहकारीबाट गैैरकानुनी ढंगले ऋण लिएको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानमा संलग्न अनुसन्धान कार्यालयका प्रवक्ता एसपी जिसीले भने, ‘आकर्षक ब्याज दिने प्रलोभनमा बचतकर्ताले सहकारीमा रकम जम्मा गरे । सोही रकम गैरकानुनी ढंगले आफूमातहतको कम्पनीमा लगानी गरे । तर, कम्पनी चल्न नसकेपछि बचतकर्ताको बचत डुब्यो ।’ 

कृषि सहकारी ललितपुर महानगरपालिका– ५ कुमारीपाटीमा छ । रकम ठगी भएको भन्दै बचतकर्ताले जिल्ला प्रहरी परिसर ललितपुरमा गत १९ पुसमै जाहेरी दर्ता गरेका थिए । तर, प्रहरीले घटना अनुसन्धान प्रक्रिया अघि बढाएको थिएन । यद्यपि, पक्राउ पर्ने डरले उनी राज ठकुरीको परिचयमा लुक्दै आएका थिए । यसका लागि उनले परिचयपत्र नै बनाएका थिए । उनले गोरखा टेलिभिजनको परिचयपत्र बोक्ने गरेका थिए । थापाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा दुई करोड ६९ लाख ९९ हजार नौ सय ९८ रुपैयाँको पाँचवटा बैंकिङ कसुुर मुद्दा परेका छ । जसमध्ये दुईवटामा उनले कारबाही भोगेका छन् । बाँकी तीन कसुरमा उनी फरार छन् ।

ad
ad
ad
ad