१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 29 June, 2024
२o८१ असार १२ बुधबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

सर्वोच्चको अनुमतिपछि केजरिवाल अदालतपरिसरबाटै पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १४:२५:oo

भारतीय सर्वोच्च अदालतको अनुमतिपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई बुधबार अदालतपरिसरबाटै पक्राउ गरेको छ।

सर्वोच्चले आम आदमी पार्टी (आप)का राष्ट्रिय संयोजक केजरिवाललाई अन्तःशुल्क नीति प्रकरणसँग सोधपुछका लागि सिआइबीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन्।

अदालतले सिबिआईलाई उनको गिरफ्तारीका लागि सिबिआईसँग भएका सामग्री रेकर्डमा राख्न पनि भनेको छ । अदालतले जारी गरेको प्रोडक्सन वारेन्टको पालना गर्दै केजरिवाललाई आज नै न्यायाधीश अमिताभ रावतको इजलासमा उपस्थित गराइएको थियो।

सुनुवाइका क्रममा केजरिवालकी पत्नी सुनिता केजरिवाल, आपका राज्यसभा सांसद सञ्जय सिंह र आप नेता दिलीप पाण्डे अदालतमा उपस्थित भएका थिए।

सिबिआईका विशेष सरकारी अभियोजक डिपी सिंहले केजरिवालका वकिलको निवेदनविरुद्ध बहस गर्दै यसप्रति आफ्ना भिन्न मत राखेका थिए।

हिजो केजरिवालले तिहाड जेलमा पुगेर अन्तःशुल्क नीति प्रकरणसँग सम्बन्धित आफ्नो बयान रेकर्ड गराएका थिए।

उनलाई प्रवर्तन निर्देशनालयले यस वर्षको मार्च २१ मा अन्तःशुल्क नीतिबारे भ्रष्टाचार अभियोगमा पक्राउ गरेको थियो र यस मुद्दामा उनी न्यायिक हिरासतमा छन्।

आम आदमी पार्टीका एक वकिलले पनि एक्समा पोस्ट गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतले केजरिवाल अनुसन्धानमा सामेल भएको लगभग एक वर्षपछि सोही मामिलामा सिबिआईलाई पक्राउ गर्न भनेको छ।’

दिल्ली उच्च अदालतले मंगलबार मुख्यमन्त्री अरविन्द केजरिवाललाई तल्लो अदालतले जारी गरेको जमानत आदेशमा रोक लगाएको थियो । (रासस/एएफपी)

ad
ad
ad
ad