१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १५ शनिबार १o:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

निगमको वाइडबडी जहाज ‘सि-चेक’ गर्न इटालियन कम्पनीलाई क्यानको अनुमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १o:४२:oo

नेपाल वायुसेवा निगम (नेवानि)को वाइबडी एयरबस ३३० जहाज सि–चेक गर्न छनोट गरिएको इटालियन कम्पनी एटीटेक एसपीएलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले पटक–पटक आग्रह गरेपछि क्यानले इटालियन कम्पनीलाई सि–चेकका लागि अनुमति दिएको हो ।

क्यानले अनुमति दिएसँगै निगमको ९एन–एएनवाई कलसाइनको वाइडबडी जहाज सि–चेक हुने भएको छ । पर्यटनमन्त्रीको आग्रहपछि शुक्रबार इटालियन एटीटेक एसपीएको एमआरओ (मेन्टेनेन्स, रिपेयर ओभरहल) एप्रुभ गरिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘मन्त्रीज्यूले जहाजको गल्ती होइन, व्यक्तिको गल्ती हो, कुनै व्यक्ति विशेषले गरेको गल्तीका कारण जहाज थन्काएर राख्दा राज्यलाई नै घाटा हुने हो भन्नुभयो’ उनले भने, ‘एमआरओ एप्रुभ गरेपनि कारबाही फुकुवा गरेका छैनौं, छानविन समितिको प्रतिवेदन अनुसार अगाडि बढ्छौं ।’  

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अनुमतीबीनै जहाज दुबई हुँदै जहाज इटाली पुर्‍याएपछि क्यान रुष्ट भएको थियो । कुनै पनि जहाजको मर्मत सम्भारका लागि सम्बन्धित एयरलाइन्सले क्यानसँग अनुमति लिनुपर्ने हुन्छ । यस्तै, मर्मत सम्भारको जिम्मेमवारी पाएको कम्पनीले पनि क्यानसँग एप्रुभल लिनुपर्छ । वाइडबडीको सि–चेकका सम्बन्धमा दुबै प्रकृया पुरा गरिएको थिएन । निगमले सेड्युल फ्लाइटबाट २२ जुनमा जहाजलाई दुबई र उतैबाट २३ जुनमा इटाली पुर्‍याएको थियो । क्यानले विना अनुमति जहाज लगेपछि सि–चेकको अनुमति दिएको थिएन । मन्त्री तामाङले क्यानको नेतृत्वसँग छलफल गरेर पहल लिएपछि निगमलाई सो अनुमति प्रदान गरेको हो । मन्त्री तामाङले  क्यान र निगमका प्रतिनिधिलाई सिंहदरबारस्थित मन्त्रालयमा नै बोलाएर विमान मर्मतको पछिल्लो अवस्थाबारे जानकारी लिएको र छिटो सी–चेकको काम सम्पन्न गर्न निर्देशन दिएको सचिवालयले विज्ञप्तीमार्फत जनाएको छ । 

वायुसेवा निगमले २२ जुनमा वाईडबडी जहाज दुबई हुँदै मर्मतका लागि ईटाली पठाइसकेको छ । सो जहाज तीस दिनभित्र मर्मत सकेर उडानमा ल्याउन मन्त्री तामाङले निगम नेृत्वलाइ निर्देशन दिएका छन् । निगमका प्रवक्ता रमेश पौडेलले वाईडबडी जहाजको सी–चेकका लागि क्यानले अनुमति दिएको जानकारी आएपनि अझै पत्र प्राप्त नभएको बताए । दुईवटा वाइडबडी जहाजमध्ये कल साइन ९एन–एनएनवाई जहाज यही जुन २५ देखि सी–चेक नभए उडान गर्न पाउने थिएन । यस्तै, अर्को वाइडबडी जहाजको पनि एक महिनापछि सि–चेक गर्ने तालिका छ । 

यो जहाज मर्मत भएपछि अर्को वाइडबडी ९एन–एएलजेडलाई पनि सि–चेकका लागि इटालिको एटीटेक कम्पनीमा जूलाई अन्तिम साता पठाउने तयारी गरिरहेको निगमले जनाएको छ । 

ज्ञानेन्द्र भुल सूचना अधिकारी, क्यान

मन्त्रीज्यूले जहाजको गल्ती होइन, व्यक्तिको गल्ती हो, कुनै व्यक्तिविशेषले गरेको गल्तीका कारण जहाज थन्क्याएर राख्दा राज्यलाई नै घाटा हुने हो भन्नुभयो । त्यसपछि इटालीमा मर्मतका लागि जान दिने निर्णय गरिएको छ, तर यो कार्यमा विलम्ब र जानकारीसमेत नगराएको आरोपमा निगमका अधिकारीलाई गरिएको कारबाही भने फुकुवा गरेका छैनौँ, छानबिन समितिको प्रतिवेदनअनुसार अगाडि बढ्छौँ । 

ad
ad
ad
ad