१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 29 June, 2024
२o८१ असार १२ बुधबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रदेश डिजिटल संस्करण

प्रदेशको संस्थागत विकासका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १४:२५:oo

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जिम्मेवार पत्रकारिता आजको आवश्यकता भएको बताएका छन्। बुधबार हेटौँडामा पत्रकारहरूसँगको छलफल एवं अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरूलाई जिम्मेवार ढंगबाट प्रस्तुत भइदिन उनले आग्रह गरे।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रेस स्वतन्त्रता र लोकतन्त्र एउटै सिक्काका दुई पाटा भएको उल्लेख गर्दै एक–अर्काका परिपूरकका रूपमा काम गर्नुपर्ने बताए। 

उनले सशक्त र जिम्मेवार सञ्चार क्षेत्रले लोकतन्त्रलाई संस्थागत र जनउत्तरदायी बनाउन भूमिका खेल्ने उल्लेख गरे। पछिल्लो समय मिसन पत्रकारिताका नाममा सामान्य मूल्य, मान्यता र पत्रकारिताको आचारसंहितासमेतमा ध्यान पुग्न नसकेको भन्दै मन्त्री श्रेष्ठले चिन्ता व्यक्त गरे।

पत्रकारहरूले राजनीतिक दल, कुनै संघसंस्था, व्यक्ति, व्यावसायिक घराना वा अन्य कुनै दबाब समूहको प्रभावमा परेर काम गर्नु नहुने भन्दै उनले प्रदेश संस्थागत विकासको चरणमा रहेकाले यसमा पत्रकार र पत्रकारिता क्षेत्रले पनि सहयोग गर्नुपर्नेमा जोड दिए।

ad
ad
ad
ad