१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार १o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सिराहाको सीमावर्ती गाउँमा महिलाको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १o:o९:oo

सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका– ३ शिवनगर गाउँमा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या भएको अवस्थामा शव भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार स्थानीय निर्भय यादवको सिसौ/ मसलाको घारीमा आइतबार दिउँसो करिब साढे १२ बजेतिर करिब २५ वर्षकी नाम, थर, ठेगाना नखुलेकी महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव भेटिएको हो । शव भेटिएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्कालगायतका प्रारम्भिक चरणका अनुसन्धान प्रक्रिया पुर्‍याई शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालको शवगृहमा राखिएको सिराहा प्रहरीका प्रहरी निरीक्षक दीपककुमार सिंहले जानकारी दिए । 

उनका अनुसार मृतक अन्य जिल्ला, प्रदेश तथा छिमेकी मुलुक भारतको समेत हुन सक्ने भएकाले मृतकको फोटोसहित हुलिया/सनाखतका लागि सबै प्रहरी युनिट तथा आवश्यक ठाउँहरूमा पठाइएको छ । गहुँ गोरी वर्ण, नाम, थर, ठेगाना नखुलेकी, पाँच फिट उचाइकी मृतक महिलाले पहेँलो कुर्ता–सुरुवाल, खरानी रङको सल, गुलाबी म्याजिक ब्रान्डको  चप्पल, बायाँ हातमा कालो फित्ता भएको घडी, घाँटीमा पहेँलो धातुको सिक्री भेटिएको उनले बताए । 

प्रहरीले मृतकको दायाँ हातको ठूली कान्छी औँलामा सी+एस लेखिएको औँठी र बायाँतर्फ पेटको भागदेखि तिघ्रासम्म जलेको पुरानो घाउको चिह्न पाइएको महिलालाई कोही कसैले सनाखत पहिचान गरेमा तत्काल जिल्ला प्रहरी वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । 
 

ad
ad
ad
ad