१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार १o:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया : सर्टलिस्टमा परेका उम्मेदवार नै अन्तर्वार्तामा अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १o:o४:oo

सर्टलिस्टमा परेका उम्मेदवार नै अन्तर्वार्तामा उपस्थित नभएपछि नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया थप लम्बिएको छ । अर्थ मन्त्रालयले आइतबार सर्टलिस्टमा परेका उम्मेदवारलाई कार्यमूल्यांकन तथा अन्तर्वार्ताका लागि बोलाएको थियो । सर्टलिस्टमा परेका पाँचजनामध्ये मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्र उपस्थिति भएका थिए । डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईं भने अनुपस्थिति भएका हुन् । 

अध्यक्ष छनोट समितिले उपस्थित दुईजनाको मात्र कार्यमूल्यांकन तथा अन्तर्वार्ता लिएको छ । छुटेका तीनजनालाई भने बुधबार पुनः अन्तर्वार्ताका लागि बोलाइएको अर्थ मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।  सर्टलिस्टमा परेका उम्मेदवारमा हाल नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत 
(सिइओ) कृष्णप्रसाद अधिकारी तथा बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं हुन् । धितोपत्र ऐनअनुसार छनोटमा परेका पाँचजनाबाट तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गर्नुपर्छ । 

यसअघि पनि सर्टलिस्टमा परेकाको कार्यमूल्यांकन प्रस्तुतिलाई रोकेर अर्थमन्त्री वर्षमान पुन अमेरिकाको कार्यक्रममा भाग लिन गएका थिए । अध्यक्ष नियुक्तिका लागि गत ३ माघमा नै सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

उक्त समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका तत्कालीन सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन् । सिफारिस समितिले फागुन १६ गते १५ दिनको समयसीमा तोकेर दरखास्त आह्वान गरेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए । जसमा पाँचजना सर्टलिस्टमा परेका थिए । 

ad
ad
ad
ad