१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
२o८१ असार २ आइतबार o८:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

स्विट्जरल्यान्ड र जर्मनीको विजयी सुरुवात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २ आइतबार o८:२७:oo

स्विट्जरल्यान्डले युरो २०२४ मा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३–१ ले हराएको हो । स्विट्जरल्यान्डको जितमा क्वाडवो डुआ, माचेल एबिस्चर र ब्रेल इम्बोलोले समान एक–एक गोल गरेका थिए । हंगेरीका लागि बर्नाबास भार्गाले एक गोल फर्काएका हुन् । राइन एनर्जी स्टेडियममा स्विट्जरल्यान्ड्सले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । 

यो खेलपछि समूह ‘ए’मा आयोजक जर्मनी र स्विट्जरल्यान्डको समान तीन अंक छ । गोलअन्तरमा जर्मनी शीर्ष स्थानमा रह्यो । हंगेरी र स्कटल्यान्डले हारबाट प्रतियोगिता सुरु गरेका छन् । 

उद्घाटन खेलमा जर्मनीको पाँच गोल 
घरेलु टोली जर्मनीले युरोपियन फुटबल च्याम्पियनसिपमा सानदार विजयी सुरुवात गरेको छ । एलिएन्ज एरिनामा भएको उद्घाटन खेलमा जर्मनीले १० खेलाडीमा सीमित स्कटल्यान्डविरुद्ध ५–१ को जित निकाल्दै तीन अंक जोडेको हो । घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन फ्लोरिएन विर्ट्ज, जमल मुसियला, काई हाभार्टज, निक्लास फुलक्रग र इमर क्यानले समान एक–एक गोल गरे । स्कटल्यान्डले एक गोल आत्मघाती उपहार पायो । जितसँगै जर्मनीले समूह ‘ए’ मा महŒवपूर्ण तीन अंक जोडेको छ । 

पहिलो हाफमै जर्मनीको तीन गोल 
बायर्न म्युनिखको मैदानमा जर्मनीले पहिलो हाफमै तीन गोल गरेको थियो । ६६ हजार समर्थक रहेको मैदानमा फ्लोरिएनले अग्रता बनाएका थिए । जोसुआ किमिचले मिलाएको पासलाई दसौँ मिनेटमा फ्लोरिएनले गोल गरेका हुन् । १९औँ मिनेटमा हाभार्ट्जको पासलाई सदुपयोग गर्दै मुसियलाले २–० को अग्रता बनाए । ४४औँ मिनेटमा रायन पोर्टओसले रातो कार्ड पाएपछि स्कटल्यान्ड १० खेलाडीमा सीमित भयो ।

कप्तान गुन्डोगानलाई फाउल गरेपछि रेफ्रीले रायन पोर्टेअसलाई सीधै रातो कार्ड देखाएका हुन् । पाएको पेनाल्टीमा गोल गर्दै हाभाटर््जले पहिलो हाफमै टोलीलाई ३–० ले अगाडि बढाएका हुन् । फुलक्रगले ६८औँ मिनेटमा टोलीका लागि चौथो गोल गरे । उनी हाभर्टेजको स्थानमा ६८औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । ८७औँ मिनेटमा जर्मनीका एन्टोनियो रुडिगरले आफ्नै पोस्टमा गोल गरे ।

इन्जुरी समयमा क्यानले गोल गर्दै जर्मनीलाई ५–१ को सानदार जित दिलाएका हुन् । उनले थोमस मुलरको पास सदुपयोग गरे । क्यान ८०औँ मिनेटमा ३४ वर्षीय अनुभवी टोनी क्रुसको स्थानमा मैदान प्रवेश गरेका थिए । क्रुसले युरोपछि अन्तर्राष्ट्रिय फुटबल छाड्ने बताएका छन् । 

ad
ad
ad
ad