१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ९ आइतबार o८:३३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o८:३३:oo

सरकार फेरिनासाथ पुराना राजदूतलाई फिर्ता बोलाउने र नयाँ नियुक्त गर्ने चलनलाई के भन्नुहुन्छ ?
यो अस्थिर राजनीतिको परिणाम हो । कुनै पनि सरकार परिवर्तन हुनासाथ उसले काम देखाउन खोज्छ । आफ्नो बल देखाउन सरकारलाई सबैभन्दा सजिलो काम भनेकै राजदूतहरू फिर्ता बोलाउनु बनेको छ । विद्यार्थी, मजदुर, पत्रकार आदिलाई चलाउँदा तिनले आन्दोलन गर्छन्, विरोध गर्छन् । त्यसैले, सरकार आफ्नो किलामा बाँधेको भैँसी कुटेर शक्ति प्रदर्शन गर्न खोज्छ । त्यसैको परिणाम हो यो ।  

यसरी छिटोछिटो राजदूत फेरिँदा कूटनीतिक क्षेत्रमा त्यसको नकारात्मक प्रभाव पर्दैन ?
सत्ताबाहिर हुँदा हरेक दलले यसरी बीचमै राजदूत फिर्ता बोलाउने काम गलत हो भनेर विरोध गर्छन् । अनि, आफू सत्तामा पुगिसकेपछि भने सोही कार्यलाई निरन्तरता दिन्छन् । आफ्नो गोजीबाट निकालेर राजदूतमा नियुक्ति दिँदा यसको प्रभाव त पर्छ नै । यसरी नियुक्त हुने राजदूतले ‘अन द जब ट्रेनिङ’ लिँदै नियुक्तिको ४–६ महिना लगाएर कूटनीतिक तौरतरिका सिक्छन् । तर, राम्ररी सिकिसक्दा नसक्दै तिनलाई फर्काइदिहाल्छन् । त्यसैले, यसबाट हाम्रो कूटनीतिक क्षेत्रमा नकारात्मक प्रभाव पर्नु स्वाभाविक हो । 

‘करियर डिप्लोम्याट’हरूलाई राजदूत छनोटमा प्राथमिकता दिनुपर्ने होइन र ?
हो । ‘करियर डिप्लोम्याट’हरूलाई पठाइयो भने बीचमै फर्काउँदा पनि तिनलाई फर्काइन्न । अहिले पनि राजनीतिक नियुक्ति लिएकाहरूलाई मात्र फर्काइएको हो । त्यसैले, कूटनीतिक क्षेत्रमा राजनीतिक नेतृत्वको गोजीबाट निकालेर हुलका हुल राजदूत पठाएर हुँदैन । बढीभन्दा बढी करियर डिप्लोम्याटलाई पठाउन सक्नुपर्छ । यसबाट हाम्रो कूटनीतिक मर्यादा जोगाउन सकारात्मक योगदान पुग्छ ।