१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 28 September, 2024
मस्को
२o८१ असार ९ आइतबार o८:३६:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

दक्षिण कोरियाले युक्रेनलाई हतियार सहयोग गरे ठूलो भुल : पुटिन

Read Time : < 1 मिनेट
मस्को
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o८:३६:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिण कोरियाले रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार दिएमा ‘ठूलो भुल हुने’ चेतावनी दिएका छन् । रुस र उत्तर कोरियाको नयाँ सम्झौताको प्रतिक्रियामा सियोलले पनि किभलाई हतियार सहयोग गर्न सक्ने संकेत गरेपछि पुटिनको टिप्पणी आएको हो । ‘यदि सियोलले किभलाई हतियार आपूर्ति गर्ने निर्णय गरेमा मस्कोले ‘दक्षिण कोरियाको वर्तमान नेतृत्वलाई खुसी पार्न नसक्ने निर्णय गर्नेछ,’ पुटिनले भने ।

प्योङयाङको भव्य भ्रमणलगत्तै पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । पुटिनले अमेरिका र उसका सहयोगीले युक्रेनलाई हतियार आपूर्ति गरिरहे मस्को प्योङयाङलाई हतियार दिन तयार रहेको चेतावनी पनि दिए । ‘यी हतियार आपूर्ति गर्नेहरूले विश्वास गर्छन् कि हामीसँग युद्धमा छैनन् । प्योङयाङलगायत हामी विश्वका अन्य क्षेत्रमा हतियार आपूर्ति गर्ने अधिकार सुरक्षित राख्छौँ,’ पुटिनले भने ।

सियोलले पहिले रुस–उत्तर कोरिया सम्झौतालाई आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतराको रूपमा निन्दा गरेको थियो । आफ्नो देशले युक्रेनलाई हतियार सहयोगको मुद्दामा पुनर्विचार गर्ने योजना बनाएको राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो जिनले बताएका थिए । पुटिनको टिप्पणीपछि दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले युक्रेनलाई हतियार आपूर्तिमा ‘विभिन्न विकल्प’बारे विचार गर्ने र रुसले यस मुद्दालाई कसरी अगाडि बढाउँछ भन्नेमा निर्भर हुने बताएका थिए ।

यसैबीच, भियतनामी राष्ट्रपति तो लामले रुससँग रक्षा सहयोग बढाउने इच्छा व्यक्त गरेको भियतनामी सञ्चारमाध्यमले जनाएका छन् । लाम र पुटिनले शिक्षादेखि न्याय र गैरसैनिक आणविक परियोजनासम्मका करिब एक दर्जन सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।