मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २२ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २२ मंगलबार १५:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा मतगणना जारी, सत्तासीन एनडिए बहुमततर्फ अग्रसर, इन्डियाले कडा टक्कर दिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २२ मंगलबार १५:o४:oo

भारतमा लोकसभा चुनावको मतगणना जारी छ। लोकसभाका पाँच सय ४३ सिटमध्ये अहिलेसम्म तीन सिटको मतगणना सम्पन्न भएको छ। 

तीनमध्ये दुई सिटमा बिजेपीका उम्मेदवार तथा एकमा भारतीय राष्ट्रिय कंग्रेसका एक उम्मेदवार विजयी भएका छन्।

विभिन्न समयमा गरी सात चरणमा सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टीको नेतृत्वमा एनडिए तथा कंग्रेस नेतृत्वमा इन्डिया गठबन्धनले तालमेल गरेर सहभागिता जनाएका छन्। पछिल्लो परिणामअनुसार एनडिएले बहुमत ल्याउने सम्भावना देखिएको छ।

एनडिएसले दुई सय ९३ स्थानमा अग्रता कायम राख्दा इन्डियाले दुई सय ३३ स्थानमा अग्रता बनाएको छ। दलगत रूपमा हेर्दा भने दुई सय ३८ स्थानमा बिजेपीको अग्रता छ भने ९७ स्थानमा कंग्रेसको अग्रता छ। यस्तै, समाजवादी पार्टीले ३७ स्थानमा अग्रता लिएको छ।

अलइन्डिया त्रिणमूल कंग्रेस ३१, डिएमके २१, तेलगे देशम १६ र जनता दलले १४ स्थानमा अग्रता बनाइरहेका छन्। यसैगरी, उद्धव बालासाहेव ठाक्रे नेतृत्वको शिव सेना ११, राष्ट्रिय कांग्रेस पार्टी ६, लोक जनशक्ति पार्टी पाँच तथा शिवसेनाकाे पाँच स्थानमा अग्रता छ।