Skip This
आइपिएल २०२४ फाइनल आज : उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १३ आइतबार १o:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइपिएल २०२४ फाइनल आज : उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै

कोलकाता तेस्रो र अस्ट्रेलियन अलराउन्डर प्याट कमिन्सको कप्तानीमा हैदराबाद दोस्रोपटक उपाधि जित्ने योजनामा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १o:४२:oo

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को फाइनल खेल आज चेन्नईमा हुँदै छ । उपाधि जित्न कोलकाता नाइट राइडर्स र सन्राइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । १७औँ संस्करणको एक खेल बाँकी रहँदा कोलकाताले हालसम्म दुईपटक र हैदराबादले एकपटक उपाधि हात पारेका छन् । श्रेयस ऐयरको कप्तानीको कोलकाता तेस्रो र अस्ट्रेलियन अलराउन्डर प्याट कमिन्सको कप्तानीमा हैदराबाद दोस्रोपटक उपाधि जित्ने योजनामा छन् । दुवै टोलीले विदेशी खेलाडीलाई प्राथमिकतामा राखेका छन् । दुई बीच पछिल्लो पाँच भेटमा कोलकाता बलियो देखिन्छ । हैदरावादले एक मात्रै खेल जित्दा कोलकाताको पक्षमा चार खेल गएको छ । खेलअघि दुवै टोलीले उपाधि जित्ने रणनीति तयार पारेका छन् । 

लिग चरणमा १४ मध्ये नौ खेल जितेर कोलकाताले २० अंक जोडेको थियो । शीर्ष स्थानमा रहेको कोलकाता र १७ अंकसहित दोस्रो स्थानमा रहेको हैदराबादले पहिलो क्वालिफायर खेलेका हुन् । कोलकाता ८ विकेटले विजयी हुँदै चौथोपटक फाइनलमा स्थान बनाएको हो । हैदाराबादले दोस्रो क्वालिफायरमा राजस्थानलाई रोयल्सलाई ३६ रनले हराउँदै तेस्रोपटक फाइनल स्थान सुरक्षित गरेको हो । हैदराबाद लगातार पछिल्लो तीन भेटमा व्यहोरेको हारको बदला लिने योजनामा छ । 

हेट टु हेडमा कोलकाता बलियो
कोलकाता र हैदराबादबीचको हालसम्म आइपिएलमा २६ पटक भेट भएको छ । जसमा कोलकाता १७ र हैदराबाद नौपटक विजयी भएका छन् । पछिल्लो पाँच भेटमा कोलकाता बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा चार जित कोलकाताको नाममा छ । हैदराबादले जम्मा एक खेल जितेको छ । पछिल्लो तीन भेटमा कोलकाताले लगातार जित निकलेको छ । २१ मेमा भएको खेलमा कोलकाता आठ विकेटले विजयी भएको छ । २३ मेमा कोलकाता चार रनको रोमाञ्चक जित निकाल्न सफल भएको हो । हैदरावादले २०२३ अप्रिल १४ मा भएको भेटमा २३ रनको जित निकाल्यो । १४ मे २०२२ मा भएको खेलमा कोलकाता ५४ रनको जित निकाल्न सफल भएको हो । 

सर्वाधिक रन बनाउने खेलाडीमा कोहली
बेंग्लोरका ब्याटर विराट कोहली आइपिएलको सर्वाधिक रनकर्ता बनेका छन् । इलिमिनेटरबाट बाहिरिनुअघि बेङलुरुले १५ इनिङ्समा सात सय ४१ रन बनाएका हुन् । उनले एक शतकसहित पाँच अर्धशतक बनाए । आइपिएलभर उनले ६२ चौका र ३८ छक्का प्रहार गरेका थिए । कोहलीपछि चेन्नइका कप्तान ऋतुराज गैकवाड दोस्रो स्थानमा छन् । लिग चरणबाट माथि बढ्न नसकेको चेन्नईका लागि ऋतुराजले १४ इनिङ्समा पाँच सय ८३ रन बनाएका छन् । पाँच सय ७३ रन बनाएका राजस्थानका रियान पराग तेस्रो स्थानमा छन् । 

चेन्नई र मुम्बई सर्वाधिक विजेता
प्रतियोगिताको १७औँ संस्करण सम्पन्न हुनै लाग्दा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक समान पाँचपटक उपाधि जितेको छ । महेन्द्रसिंह धोनीको कप्तानीमा खेलेको चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र पछिल्लोपटक २०२३ मा उपाधि जितेको हो । टोलीले १५ पटक आइपिएल खेल्दा १२ पटक प्लेअफमा स्थान बनाएको छ । चेन्नई चारपटक उपविजेता भएको छ । चेन्नई पछि मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि उचालेको हो । लगातार १७ पटक खेलेको टोलीले दशपटक प्ले–अफमा स्थान बनाएको हो । कोलकाताले दुईपटक जितेको हो । राजस्थान, हैदराबाद, डेकन चार्जर्स र गुजरात टाइटन्सले समान एकपटक उपाधि जितेको हो । 

पाँच उच्च विकेटकर्ता
सर्वाधिक विकेट लिने खेलाडीको पन्जाबका हर्षल पटेल रहेका छन् । उनले १४ इनिङ्समा २४ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३–१५ रहेको छ । दोस्रो स्थानमा २० विकेटलसहित मुम्बईका जसप्रित बुमराह छन् । समान विकेट कोलकाताका वरुण चक्रवर्तीको छ । फाइनलमा विकेट लिँदै उनलाई शीर्ष स्थानमा उक्लने अवसरसमेत छ । १९ विकेट लिएका हैदराबादका थन्गारासु नटराजनले चौथो स्थानमा छन् । 

सर्वाधिक रन बनाउने टिम हैदराबाद
आईपिएलको यस संस्करणमा प्याट कमिन्सको कप्तानीमा रहेको हैदराबादले सर्वाधिक रन बनाउने कीर्तिमान दुईपटक राख्यो । उनले यस संस्करण मात्रै तीनपटक सर्वाधिक रन बनाएको हो । उनले लिग चरणमा आरसिबीविरुद्ध २० ओभर बलिङ गर्दै तीन विकेट गुमाएर दुई सय ८७ रन बनाएको छ । मुम्बईविरुद्ध पनि तीन विकेट गुमाउँदै दुई सय ७७ रन बनायो । कोलकाताले दिल्लीविरुद्ध दुई सय ७२ रन बनाएको छ । त्यसअघि पनि हैदरबादले नै सात विकेट गुमाएर दुई सय ६६ रन बनाएको थियो । 

ad
ad
ad
ad