Skip This
एकै सिजनमा तीनपटक सगरमाथा चढ्ने पहिलो महिला बनिन् पूर्णिमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ १३ आइतबार o६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एकै सिजनमा तीनपटक सगरमाथा चढ्ने पहिलो महिला बनिन् पूर्णिमा

३० वैशाख, ६ र १२ जेठमा गरी १३ दिनमा तीनपटक सफल आरोहण

Read Time : < 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o६:१५:oo

आरोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिलाको विश्वकीर्तिमान कायम गरेकी छिन् । उनले १३ दिनमा तीनपटक सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् । 

हिमाल आरोहणको व्यवस्थापन गर्दै आएको ‘एटके एस्क्पिडिसन’का सञ्चालक पेम्पा शेर्पाका अनुसार पूर्णिमाले शनिबार बिहान ५:५० मा तेस्रोपटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएकी हुन् । यसअघि ६ जेठ र ३० वैशाखमा पनि सफल आरोहण गरेकी थिइन् । ‘पूर्णिमाले एकै सिजनमा तीनपटक सगरमाथा चढ्ने पहिलो महिलाको कीर्तिमान कायम गरेकी छिन्,’ शेर्पाले भने, ‘उनी छोटो समयमै सगरमाथा चढ्ने पहिलो महिला पनि बनिन् ।’

पूर्णिमाले अहिलेसम्म सगरमाथाको सफल आरोहण भने चारपटक गरेकी छिन् । उनले आठ वर्षदेखि हिमाल आरोहण गर्दै आएकी छिन् । हालसम्म सगरमाथासहित केटु, ल्होत्से, मकालु, कञ्चनजंगा, धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण गरेकी पूर्णिमाले मनास्लु दुईपटक आरोहण गरेकी छिन् ।

सबैभन्दा छोटो अवधिभित्रै तीनपटक सगरमाथा चढ्ने कीर्तिमान भने दावा फिन्जोक शेर्पाको नाममा छ । उनले पनि यही सिजनमा आठ दिन १३ घण्टा ३५ मिनेटमा तीनपटक सगरमाथा चढेर रेकर्ड बनाएका हुन् । उनले ३० वैशाख, ४ जेठ र ७ जेठमा सगरमाथा चुचुरोमा पाइला टेकेका हुन् । उनले पूरक अक्सिजनको प्रयोग गरेर सगरमाथा चढेको सेभेट समिटले जनाएको छ ।

ad
ad
ad
ad