Skip This
नेपालको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध आवश्यक : डा. भट्टराई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ११ शुक्रबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपालको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध आवश्यक : डा. भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार ११:४१:oo

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरू भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प  साकार बनाउन सकिने बताए

सो पार्टीको परराष्ट्र मामिला विभागले आज आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयक छलफलमा प्रमुख डा. भट्टराईले छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न आर्थिक कूटनीतिमा केन्द्रित भएर निरन्तर संवाद गरिनुपर्नेमा जोड दिए । 

उनले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता त कहिले कता झुकाव राख्न नहुने उल्लेख गर्दै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक रूपमा हिँडाउनुपर्ने एमालेको नीति रहेको बताए । उनले भारतसँगका असमान सन्धि असमान र असान्दर्भिक रहेकाले परिमार्जन गर्नुपर्नेमा पनि जोड दिए । 

चीनसँग बिआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम लाभ लिनुपर्ने पनि उनको भनाइ थियो । राष्ट्रिय सभाका सदस्य डा. अञ्जान शाक्यले बदलिँदो परिवेशमा एमालेको विदेश नीति सुस्पष्ट रहेको बताए । 

ad
ad
ad
ad