मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २० मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत २० मंगलबार ११:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिवाइडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार ११:१८:oo

नेपालमा बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक सम्मानित भएको छ । कम्पनी चीनको सियानमा आयोजित बिवाइडी एसिया प्यासिफिक– २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको हो ।

 साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिस्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई पुरस्कार हात पारेको जनाइएको छ । अपेक्षित थप उपलब्धि हासिल गर्दै र उल्लेखनीय बिक्री कार्यमा अगाडि बढ्दै एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको साइमेक्स इंकले दाबी गरेको छ । 

अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राप्त उल्लेखनीय उपलब्धिबाहेक कम्पनीले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट– २०२४ समेत आयोजना गरेको जनाएको छ । नेपालमा बिवाइडी डिलरहरूको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदान–प्रदान गर्न र सहकार्यलाई बलियो बनाउन सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको कम्पनीको भनाइ छ । 

उक्त अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको उल्लेख छ । हाल कम्पनीले देशभरमा १५ स्थानमा बिवाइडी सोरुम सञ्चालनमा ल्याइरहेको र थप तीन सोरुम स्थापित हुने क्रममा रहेको जनाइएको छ । त्यस्तै, विभिन्न स्थानमा २३ डिसी फास्ट चार्जर स्थापना गरेको र थप विस्तारका क्रममा रहेको जनाइएको छ ।