१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख १८ मंगलबार १९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कल बाइपास गरेर नेटवर्किङ धन्दा, वीरगन्जबाट तीन चिनियाँ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १९:o५:oo

वीरगन्जमा अवैध तरिकाले कल बाइपास गरेर नेटवर्किङ धन्दा चलाउने चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

शनिबार प्रहरीले वीरगन्ज महानगरपालिका– १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उक्त गिरोहले भाडामा घर लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गर्दै आएका थिए।

गिरोहका थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। केही महिनाअघिदेखि चिनियाँ नागरिकहरू वीरगन्जमा बसेर कल बाइपास गरी नेटवर्किङ गर्दै आएकाे बताइएको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको र तीनजनालाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए।

ad
ad