१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
गणेश लम्साल विराटनगर
२०८० चैत १६ शुक्रबार १०:५३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

परम्परागत उद्यमशीलताका लागि लघुवित्तले दियो विपन्न परिवारलाई परेवा जोडी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०८० चैत १६ शुक्रबार १०:५३:००

परम्परागत सीपको उद्यमशीलता विकास गर्न जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङका नौ परिवारलाई परेवा प्रदान गरेको छ । जीवन विकासले मोरङको धनपालथान गाउँपालिका– ३ बेतौनाका अतिविपन्न  नाै घरपरिवारलाई दश जोडीका दरले ९० जोडी  परेवा प्रदान गरेको हो ।

मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद योगेन्द्र मण्डलले अतिविपन्न परिवारलाई बिहीबार उक्त परेवाको बच्चा हस्तान्त्रण गरेका थिए । सांसद मण्डलका अनुसार एक सय जोडी परेवा पाल्दा मासिक ४५ हजारसम्म आम्दानी हुने गर्दछ । उनले अतिविपन्न परिवारको आर्थिक हैसियत उकास्ने मुख्य आधार परम्परागत उद्यमशीलता फलदायी भइरहेको दाबी गरे ।

सांसद मण्डलले भने, ‘व्यावसायिक रूपमा परेवापालनबाट राम्रो आम्दानी हुने भएकाले आफ्ना क्षेत्रका अन्य जनतालाई पनि पालनका लागि प्रोत्साहन गरिरहेका छौँ । परेवापालनबाट थोरै लगानीमा नियमित र राम्रो आम्दानी हुँदोरहेछ ।’ 

जीवन विकास लघुवित्तले अतिविपन्न परिवार बसोवास गर्ने धनपालथान गापको ३ र ४ मा पर्ने बेतौना गाउँलाई नमुना गाउँ बनाउने घोषणा गरेको छ । विपन्न परिवारलाई परेवा हस्तान्त्रण गर्नुअघि लघुवित्तले परेवाको खोर निर्माण गर्न लगाएको थियो।