१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दीपक भट्ट रामेछाप
२०८० चैत १४ बुधबार १३:११:००
Read Time : < 1 मिनेट
अर्थ

रामेछाप–लुक्ला उडान सुरु

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०८० चैत १४ बुधबार १३:११:००

रामेछापको विमानस्थलबाट सोलुको लुक्ला विमानस्थलमा दैनिक उडान सुरु भएपछि रामेछापमा विदेशी पर्यटकको चहलपहल बढेको छ।

वसन्त ऋतुको आगमनसँगै यो सिजनको हवाई उडान सोमबारदेखि नियमित रूपमा सुरु भएको छ। अहिले विदेशी पर्यटक काठमाडौंबाट बिपी राजमार्ग हुँदै रामेछापको सदरमुकाम मन्थलीसम्म आउने र यहाँबाट हवाईजहाजमार्फत सोलुको लुक्ला उड्ने गर्दछन्।

रामेछाप विमानस्थलबाट दैनिक समिट एयर, तारा एयर र सीता एयरले यात्रुलाई सेवा दिँदै आएका छन्। विमानले वसन्त ऋतुमा चैतदेखि जेठ महिनासम्म र शरद ऋतुमा असोज महिनादेखि मंसिर १५ सम्म उडान भर्ने गर्दछन्।

काठमाडौं विमानस्थलमा ट्राफिक जामका कारण नियमित उडान हुन नसकेपछि नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थलबाट सोलुका लागि उडान भर्ने तालिका निर्धारण गरेको हो।

रामेछाप विमानस्थल वा लुक्लासम्म जान हवाईजहाजलाई कुनै पनि ट्राफिक जाम नहुने हुँदा दैनिक सरदर ६० देखि ७० वटा उडानसम्म जहाजले भर्दै आएको रामेछाप नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रज्वल पाठकले जानकारी दिए।

अहिले विमानस्थल चालू भएपछि रामेछापका होटेल भरिभराउ भएका छन्। बजारमा विदेशी पर्यटक  देखिन थालेका छन्। होटेल व्यवसायी पनि विदेशी पाहुनालाई स्वागत गर्न दिनरात खटिरहेको होटेल व्यवसायी गणेश थपलियाले जानकारी दिए।

उनले भने, ‘केही समय पाहुना अभावमा त्यत्तिकै खाली रहेका होटेल  अहिले पाहुनाले भरिँदा धेरै खुसी  भएका छन्। सबै व्यवसायीले बाहिरबाट आएका पाहुनालाई स्वागत गर्न पाउँदा खुसी त भएकै छन्, त्यसबाहेक मन्दीले व्यवसाय नै धरापमा परेको वेला रामेछाप–सोलु जहाज नियमित उडान हुनाले व्यवसायीहरूलाई धेरै राहात मिलेको छ।’