वेस्ट इन्डिज ‘ए’विरुद्धको पहिलो टी–२० खेलमा कप्तान रोहितकुमार पौडेलले शतक बनाएका छन्।
रोहितले १७.२ ओभरमा शतक पूरा गरेका हुन्। ४७ बलमा १० चौका र पाँच छक्कासहित उनले १०१ रन बनाएका छन्।
रोहितले यसअघि २७ बलमा ६ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए। उनले अर्धशतक बनाउँदा तीन विकेट गुमाएको नेपालले १०.२ बलमा ९३ रन बनाएको थियो।
यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले कप्तान रोस्टन चेसको अर्धशतक मद्दतमा दुई सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको छ। वेस्ट इन्डिजबाट ४९ टेस्ट खेलिसकेका चेसले नेपालविरुद्ध ४५ बलमा ९ चौका र दुई छक्कासहित ७४ रन बनाएका हुन्।