पत्कर जलाउने क्रममा आगलागीमा परी घाइते भएकी मन्थली नगरपालिका– ९ पुरानागाउँस्थित लामाटोलकी ८५ वर्षीया वृद्धा लालमाया तामाङको उपचारको क्रममा मृत्यु भएको छ।
उनको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
हिजो बिहान बारीमा जम्मा पारी राखेको पत्कर जलाउने क्रममा अकस्मात आगो उनको शरीरमा सल्किएको थियो। घटनापछि तत्काल उद्धार गरी हेलिकोप्टरमार्फत उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पताल पठाइएको थियो।