१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २१ शुक्रबार १६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रामेछापको साँघुटारमा आगलागीबाट ६ घर जले

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१७:oo

रामेछाप नगरपालिका– ३ साँघुटारस्थित ठाडा खोलानजिकै जंगलमा लागेको आगो बस्तीमा पस्दा ६ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

आइतबार दिउँसो भएको आगलागीमा परी स्थानीय दीर्घमान श्रेष्ठको तीनवटा घर तथा खड्गबहादुर कुमालको दुईवटा घर र एउटा वस्तु बाँध्ने मतान गरी ६ वटा घर जलेर नष्ट भएको रामेछाप नगरपालिका– ३ का वडाध्यक्ष दलबहादुर प्रधानले जानकारी दिए।

बस्तीनजिकै रहेको जंगलमा लागेको आगो हावाको वेगसँगै बस्तीमा पस्दा ६ वटा घर जल्न पुगेको हो। आगो निभाउने क्रममा दीर्घमान श्रेष्ठ घाइते भएका छन्।

आगलागीमा परी खड्गबहादुरले पालेका ६० वटा ब्राेइलर कुखुरा पनि जलेर नष्ट भएका छन्। आगलागीबाट घरमा भएको सबै लत्ताकपडा, खाद्यान्न, भाँडाकुडा, नगद सबै जलेर नष्ट भएको छ।

उक्त क्षेत्रमा अहिले पनि आगलागी भइरहेकाले स्थानीयहरू मिलेर आगो निभाउने प्रयास गरिरहेका छन्। आगलागीबाट क्षतिको पूर्ण विवरण आइसकेको छैन। 
 

ad
ad