१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

साइन रेसुंगालाई फेरि ‘बेस्ट म्यानेज्ड बैंक’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४६:oo

 साइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४’ अवार्ड जितेको छ । न्यु बिजनेस एजले काठमाडौंमा गरेको न्युबिज बिजनेस कन्क्लेभ एन्ड अवार्ड– २०२४ अन्तर्गत विकास बैंकहरूमध्ये साइन रेसुंगा उत्कृष्ट हुँदै अवार्ड जितेको हो । उक्त अवार्ड बैंककी रिसोर्स म्यानेजमेन्ट अफिसर नम्रता थापाले ग्रहण गरेकी हुन् ।

बैंकको कुशल व्यवस्थापन र ग्राहकको सन्तुष्टिले यो उपाधि जित्न सफल भएको बैंकका अध्यक्ष थानेश्वर पौडेलले बताए । ‘यो उपाधि जित्नुमा बैंकका कर्मचारीसहित सरोकारवाला सबैको रचनात्मक साथ छ, यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको छ,’ उनले भने ।

यसअघि बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो ।साइन रेसुंगा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको आठ अर्ब अधिकृत पुँजी र चार अर्ब ७३ करोड चुक्ता पुँजी रहेको छ । 

ad
ad