१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर: ज्ञानेन्द्र कार्की / नयाँ पत्रिका
२०८० चैत ९ शुक्रबार ०७:३३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनभिए भलिबल च्याम्पियनसिप: पुलिस र एभरेस्ट फाइनलमा

Read Time : < 1 मिनेट
२०८० चैत ९ शुक्रबार ०७:३३:००

विभागीय टोली नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब आठौँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधिका लागि भिड्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बिहीबार भएको सेमिफाइलनमा एभरेस्टले पहिलोपटक फाइनलमा स्थान बनाएको हो । पुलिस लगातार फाइनलमा स्थान बनाउन सफल भयो । त्यसैगरी पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । विभागीय टोलीहरू त्रिभुवन आर्मी, नेपाल पुलिस, गण्डकी प्रदेश र हेल्प नेपाल अन्तिम चारमा प्रवेश गरेका हुन् । 

महिलातर्फको पहिलो सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको खेल निकै रोमाञ्चक बनेको थियो । पुलिसले सुरुवाती दुई सेट २७–२५ र २५–२२ ले आफ्नो पक्षमा पार्दै २–० को अग्रता बनाएको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेट एपिएफले ३०–२८ ले जित्दै खेलमा फर्कने संकेत गरेको थियो । जित्नै पर्ने चौथो सेटमा एपिएफले राम्रो गर्न सकेन । उषा भण्डारी, पुनम चन्दको उत्कृष्ट प्रदर्शनमा पुलिसले खेल २५–१७ ले जित्दै फाइनल यात्रा तय गर्‍यो । यसअघि पुलिस समूह ‘ए’को विजेता तथा एपिएफ समूह ‘बी’को उपविजेका रूपमा सेमिफाइनलमा प्रवेश गरेका थिए ।

अर्काे खेलमा जित निकालदै बुटवलको एभरेस्ट क्लब पहिलोपटक फाइनलमा स्थान बनाउन सफल भयो । नेपाल राष्ट्रिय भलिबल टोलीकी कप्तान तथा सेटर अरुणा शाही तथा भारतीय राष्ट्रिय टोलीका तीन खेलाडी अनुबन्ध गरेको एभरेस्टले न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पाँचौँ संस्करणबाट लगातार च्याम्पियनसिप खेलेको एभरेस्ट पहिलोपटक फाइनलमा पुग्दा प्रशिक्षक अर्जुन घिमिरे खुसी देखिए । ‘खेलाडीको मिहिनेतले नतिजा आएको छ । फाइनल पनि जित्न खेल्छौँ,’ घिमिरेले भने । दोस्रो सेमिफाइनलमा एभरेस्टले खेल २५–२०,२५–१२ र २५–१८ ले आफ्नो पक्षमा पा¥यो ।