१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ८ बिहीबार
  • Saturday, 28 September, 2024
२o८o चैत ८ बिहीबार o८:२५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ८ बिहीबार o८:२५:oo

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कस्तो लाग्यो ?
दलहरूले गठबन्धन बनाएर सरकार गठन गरेको वेलामा यस्तो न्यूनतम साझा सहमतिको संकल्प ल्याउनु राम्रै हो । सरकारले जनतामाझ हामी यो यो काम गर्छौं भनेर प्रतिबद्धता जनाउनु सकारात्मक हो । तर, अहिलेको गठबन्धन सरकारले यसलाई जसरी ल्याएको छ, त्यसले सामान्य कर्मकाण्ड मात्र पूरा गरेको देखिन्छ । 

भ्रष्टाचारविरुद्ध निर्मम हुने सरकारको संकल्पमा कति आशावादी हुनुहुन्छ ?
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको आफ्नो प्रतिबद्धता पूरा गर्न प्रधानमन्त्री दृढ हुनुहुन्छ कि जस्तो सामान्य भान भएको छ । उहाँले आफ्नै पार्टीका उपाध्यक्षलाई पक्राउ गरेर थुनामा राख्नुले थोरै भए पनि जनतामा आशा जगाएको छ । तर, प्रमुख प्रतिपक्षी कांग्रेस र सहरकारी पीडित जनताबाट समेत प्रश्न उठिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्रीबारे उहाँले कस्तो भूमिका खेल्नुहुन्छ, त्यसले पनि उहाँको संकल्पको भविष्य निर्धारण गर्नेछ । साँच्चै भ्रष्टाचारविरुद्ध निर्मम हुने हो भने न्यूनतम आचारसंहिता लागू गरी काम गर्नु राम्रो हुन्छ । तर, गरेजस्तो मात्र देखाउन खोजियो भने काम छैन । 

सरकारले लिएका संकल्पहरू कार्यान्वयन होलान् त ?
सरकारले संकल्पका रूपमा अमूर्त कार्यक्रम अघि सारेको छ । अर्थतन्त्रलाई सुधार गर्ने भनिएको छ । तर, कसरी गर्ने कुनै ठोस कार्यक्रम छैन । कृषि क्षेत्रको सुधारका लागि बाँझो जमिनमा कसरी खेती गरिने हो, कसरी युवालाई कृषिसित जोड्न हो, त्यसको कुनै खाका छैन । आयात प्रतिस्थापन गर्ने उद्योगलाई कसरी पुनर्जीवन दिने हो, त्यसको योजना छैन । उद्योगधन्दा र रोजगारी वृद्धिको पनि प्रस्ट खाका छैन । त्यसैले, घोषणापत्रमा राखिएका बुँदालाई यहाँ राखिएको मात्र देखिन्छ ।