१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ७ बुधबार १०:२२:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतीय मिडियाकी सबैभन्दा शक्तिशाली महिला

केही महिनाअघि मात्रै परोपकारमा ध्यान केन्द्रित गर्ने भन्दै व्यवसायबाट टाढिएकी निता अम्बानी अहिले भारतीय मिडिया क्षेत्रकी सबैभन्दा शक्तिशाली पदमार्फत फर्किएकी छिन्

Read Time : > 2 मिनेट
२०८० चैत ७ बुधबार १०:२२:००

केही महिनाअघि मात्रै एसियाकै सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी श्रीमती निता अम्बानी परोपकारमा ध्यान केन्द्रित गर्न भन्दै व्यवसायबाट टाढिएकी थिइन् । तर, अहिले उनै निता भारतीय मिडियाको प्रतिस्पर्धी दुनियामा ठूलो कार्यभार सम्हाल्दै व्यवसायमा फर्किएकी छन् । उनी भारतमा डिज्नी (डिआइएस) मिडिया शाखा र अरबपति मुकेश अम्बानी स्वामित्वको रिलायन्स इन्डस्ट्रिजको मिडिया शाखाको मर्जरबाट गठन हुने ८.५ अर्ब डलर लागतको विशाल संगठनकोे अध्यक्ष हुनेछिन् ।

६० वर्षीया निताको यो नयाँ पद उनका पति मुकेशले आफ्ना उत्तराधिकारी तय गरेको दुई वर्ष नबित्दै आएको छ । खुद्रा, प्रविधि र नवीकरणीय ऊर्जालाई समेट्ने २३६ अर्ब डलरको कम्पनीलाई मुकेशले तीन छोराछोरीलाई केकसरी हस्तान्तरण हुने भन्ने योजना बनाएका छन् । निता अम्बानी एक्लैले मिडिया शाखाको नेतृत्व गर्नेछैनन् । डिज्नीका एसिया प्रशान्तीय एकाइका पूर्वअध्यक्ष उदय शंकर संयुक्त यस उद्यमको उपाध्यक्ष हुनेछन् र ‘रणनीतिक मार्गदर्शन’ प्रदान गर्नेछन् । नियामक र सेयरधारकहरूले स्वीकृति प्रदान गरेमा डिज्नी–रिलायन्स सम्झौता सन् २०२४ को अन्त्य वा २०२५ को सुरुमा पूरा हुने अनुमान गरिएको छ ।

रिलायन्स इन्डस्ट्रिजको बोर्डमा पहिलो महिला निर्देशक बनेर निता अम्बानीले १० वर्षअघि पहिलोपटक व्यापारको केन्द्रमा पाइला टेकेकी थिइन् । नियामकहरूले सूचीबद्ध भारतीय कम्पनीलाई बोर्डरुममा लैंगिक विविधता सुधार गर्न आग्रह गरेको केही महिनापछि भएको नियुक्तिलाई केही विश्लेषकले पाखण्डको रूपमा आलोचना गरेका छन् । उनले समूहको परोपकारी पहलमा केन्द्रित रहेको रिलायन्स फाउन्डेसनमा ‘आफ्नो ऊर्जा र समय समर्पित गर्न’ गत अगस्टमा बोर्डबाट राजीनामा दिएकी थिइन् ।नितासँग यसअघि नै देशमा खेलकुद र कला प्रवद्र्धनमा ठूलो अनुभव छ । उनी लोकप्रिय इन्डियन प्रिमियर लिग (आइपिएल)को क्रिकेट समूह मुम्बई इन्डियन्सकी मालिक हुन् ।

सन् १९८५ मा मुकेश अम्बानीसँग विवाह गरेकी निता अन्तर्राष्ट्रिय ओलम्पिक समितिकी सदस्य र न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्ट बोर्डको मानार्थ ट्रस्टी पनि हुन् । 

नयाँ मिडिया उद्यमको सफलताका लागि खेलकुद महत्वपूर्ण हुनेछ । डिज्नी इन्डियाले मर्जरको घोषणा गर्नुअघि धेरै चुनौतीको सामना गरिरहेको थियो । यो सन् २०२२ मा नराम्रोसँग प्रभावित भयो, जतिवेला यसले रिलायन्सलाई आइपिएल क्रिकेट खेल स्ट्रिम गर्ने डिजिटल अधिकार गुमाएको थियो, जसका कारण लाखौँ सदस्य गुमाउनुपरेको थियो । भरत नाट्यम्को भारतीय शास्त्रीय नृत्य शैलीमा तालिम लिई उनले गत वर्ष मुम्बईमा निता मुकेश अम्बानी सांस्कृतिक केन्द्र स्थापना गरिन्, जसले मे २०२३ मा भारतको पहिलो प्रमुख ब्रोडवे सो द साउन्ड अफ म्युजिक ल्यायो ।

सन् १९८५ मा मुकेश अम्बानीसँग विवाह गरेकी उनी अन्तर्राष्ट्रिय ओलम्पिक समितिकी सदस्य र न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्ट बोर्डको मानद ट्रस्टी पनि हुन् । उनीहरूका तीन छोराछोरी (छोरी इसा र छोराहरू अनन्त र आकाश) ले पनि पारिवारिक व्यवसायमा ठूलो भूमिका खेल्दै आएका छन्, यद्यपि मुकेश अम्बानीले सन् २०२२ मा उत्तराधिकार योजना बनाउँदा आफ्नो चाँडै अवकाश लिने मनसाय नभएको विषयलाई जोड दिएका थिए ।

‘मैले इसा, आकाश र अनन्तबीच कहिल्यै भेदभाव गरेको छैन । मेरा छोराहरूले जे गर्न सक्छन्, मेरी छोरीले पनि गर्न सक्छिन्,’ कर्पोरेट भारतमा महिलालाई प्रवद्र्धन गर्नेबारे केही महिनाअघि सोधिएको एक दुर्लभ टिभी अन्तर्वार्तामा निता अम्बानीले भनेकी थिइन् । ‘हाम्रा युवालाई अवसर दिनुहोस्, तिनीहरू चम्कनेछन्,’ उनले भनेकी थिइन् । उनको विचारमा समान पारिश्रमिक कर्पोरेट जगत्मा आवश्यकता हो ।

पछिल्लो दशकमा भारतीय बोर्डरुममा महिलाहरूको प्रतिनिधित्व उल्लेखनीय रूपमा सुधार भएको छ । इवाई परामर्शदाताको एक रिपोर्टअनुसार नेसनल स्टक एक्सचेन्जमा सूचीबद्ध शीर्ष पाँच सय कम्पनीमध्ये सन् २०२२ मा लगभग ९५ प्रतिशतमा एक महिला बोर्ड सदस्य थिए, जुन सन् २०१७ मा ६९ प्रतिशत थियो ।

आफ्नो नयाँ शीर्ष पदसँगै निता अम्बानी भारतीय मिडिया र मनोरञ्जन क्षेत्रको सबैभन्दा शक्तिशाली महिला बनेकी छिन्, जसको मूल्य २५ अर्बभन्दा बढी छ र द्रुत रूपमा बढ्दै छ । रिलायन्सले मर्ज भएको संस्थामा ६३ प्रतिशतभन्दा बढी स्वामित्व पाउनेछ । बाँकी डिज्नीको हो । संयुक्त उद्यममा ७५० मिलियनभन्दा बढी दर्शक पुग्ने अपेक्षा गरिएको छ ।रिसर्च फर्म मिडिया पार्टनर्स एसियाका उपाध्यक्ष मिहिर शाहले सम्झौताले नेटफ्लिक्सजस्ता विश्वव्यापी स्ट्रिमिङ दिग्गजहरू (नेटफ्लिक्स) को समयमा ‘सन्तुलन, नाफा र प्रतिस्पर्धात्मकता बढाउन’ देशमा ‘शक्तिशाली संस्था’ सिर्जना गरेको बताए ।
सिएनएनका लागि दीक्षा म्याडहकको रिपोर्ट