मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख ११ सोमबार १०:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुकेश अम्बानीका ड्राइभरको तलब कति ?

अर्थ विश्व

Read Time : < 1 मिनेट
२०८० बैशाख ११ सोमबार १०:२२:००

भारतीय अर्बपति मुकेश अम्बानी फोब्र्सको रियल–टाइम बिलिनियर्स इन्डेक्सअनुसार ७ अर्ब डलरका मालिक हुन् । तर, धेरैलाई उत्सुकता हुन सक्छ, यी धनाढ्य व्यक्तिका ड्राइभरको तलब भने कति होला ? 

अम्बानीका ड्राइभरको तलब सुन्दा एकछिन सोच्न बाध्य बनाउँछ । केही समयअघि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । उक्त भिडियोमा सन् २०१७ मा अम्बानीको ड्राइभरको मासिक तलब दुई लाख भारु थियो भनी लाइभ मिन्टको एउटा रिपोर्टमा उल्लेख छ । यसरी हेर्दा अम्बानीका ड्राइभरको तलब वार्षिक २४ लाख भारु हुन्छ । यो तलब कुनै बहुराष्ट्रिय कम्पनीमा काम गर्नेहरूको भन्दा धेरै हो । तर, अहिले सन् २०२३ अप्रिल चलिरहेको छ । ०२३ सम्म आइपुग्दा उनका ड्राइभरको तलब कति पुग्यो भन्ने स्पष्ट छैन । सन् ०१७ पछि पक्कै पनि तलब वृद्धि भयो होला । ड्राइभरको बढेको तलब सुनेर ठुल्ठूला अधिकारी पनि दंग पर्न सक्छन् ।

कडा ट्रेनिङ दिइन्छ : अम्बानी परिवारको ड्राइभरलाई एक प्राइभेट कन्ट्र्याक्टिङ फर्मअन्तर्गत राखिन्छ । ड्राइभिङ स्टाफले अम्बानी परिवारको सानदार जीवनशैलीको हिसाबले कडा ट्रेनिङ पनि लिनुपर्ने हुन्छ । यी ड्राइभरले अम्बानीका बुलेटप्रुफ गाडी चलाउँछन् । यसकारण ड्राइभर कमर्सियल र लक्जरी सवारीसाधन चलाउन दक्ष हुन्छन् । प्रतिकूल परिस्थितिमा निर्देश गर्न र बिग्रेको सडकमा पनि गाडी चलाउन सिपालु हुन्छन् । समाचारअनुसार अम्बानी परिवारका भान्से, सुरक्षागार्ड र हाउसकिपिङ स्टाफलाई भत्ता र इन्स्योरेन्स सुविधा पनि दिइन्छ ।