१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार १७:o९:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

सिड्नीमा पूर्वखेलाडीले सञ्चालनमा ल्याए एभरेस्ट मार्सल आर्टस् एकेडेमी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १७:o९:oo

अस्ट्रेलियामा बस्दै आएका पूर्वकराँते खेलाडीले एभरेस्ट मार्सल आर्टस् एकेडेमी सञ्चालनमा ल्याएका छन्।

सिड्नीस्थित ग्रानभिलीमा स्थापना भएको एकेडेमीको अध्यक्षमा दक्षिण एसियाली खेलकुद (साग)मा कांस्य पदस, पाँचौँ, छैटौँ र सातौँ राष्ट्रिय खेलकुदका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक विजेता मुकुन्द्र महर्जन छन्। 

यसैगरी, उपाध्यक्षमा लक्ष्मी भट्ट, सचिव तथा पब्लिक अफिसरमा रोजन कार्की, सदस्यता संयोजकमा मलिका थापा क्षेत्री, कोषाध्यक्षमा सोम लामा, कार्यक्रम निर्देशकमा मनीष थापा क्षेत्री, पिआर अफिसरमा राजकुमार रसाइली, प्रतियोगिता संयोजकमा नवीन महर्जन र सदस्यमा प्रिन्स महर्जन छन्।

नवीन साग गेम्सका स्वर्ण तथा राजकुमार कांस्य पदक विजेता हुन्। अन्यले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जितेका छन्।

अध्यक्ष महर्जनले सिड्नीमा रहेका नेपाली बालबालिकालाई खेलमा आकर्षित गर्नुका साथै नयाँ खेलाडी उत्पादनको उद्देश्यले एकेडेमी सञ्चलनमा ल्याएको बताए।