१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार १७:४८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सुगम पोखरेलले ‘यति छिटो’ बोलको गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १७:४८:oo

गायक सुगम पोखरेलले ‘यति छिटो’ बोलको गीत सार्वजनिक गरेका छन्। भूषण खरेलको शब्द रहेको उक्त गीतमा जेम्स प्रधानले संगीत दिएका छन्।

करिब २  दशकअघि नै रेकर्ड गरिएको यो गीत गीतकार भूषण खरेलको जन्मदिनको अवसर पारेर गीत गरिएको हो। गीतकार खरेलका ‘म रोए पनि तिमी हाँसिदिनू,' ‘कति बस्छौ ओढी लाजको घुम्टो’, ‘बिहानी पहिलो किरणसँगै’लगायतका गीतहरू चर्चित छन्।

यति वेला संगीत स्रोताहरूको स्वाद फेरिए पनि यो गीतले केही वर्षअगाडिको संगीत सम्झाउने आशा सुगमले गरेका छन्। गीतको भिडियोमा सुगमसँगै सबिना राउतको अभिनय देख्न सकिन्छ।

उक्त म्युजिक भिडियोलाई दिनेश थापाले छायांकन, सम्पादन तथा निर्देशन गरेका हुन् भने गीतको म्युजिक भिडियो सुगम पोखरेलको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो।