१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ८ बुधबार
  • Sunday, 11 May, 2025
२o७९ भदौ ८ बुधबार o९:२९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अनि मुकेश अम्बानी व्यवसायमा लागे

पिता बितेपछि भाइ–बहिनीसँग कम्पनीको स्वामित्वलाई लिएर झगडा हुँदा आमाले हस्तक्षेप गरिन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ८ बुधबार o९:२९:oo

अंग्रेजीमा एउटा भनाइ छ– ‘प्रत्येक सफल व्यक्तिको पछाडि कुनै न कुनै पीडादायी कथा हुन्छ ।’ यसो सोचौँ त, यो हाम्रै जीवन, हाम्रै वरपर पनि लागू भइरहेको हुन सक्छ । जुन कुरा एसियाका धनाढ्य भारतीय मुकेश अम्बानीमा पनि चरितार्थ हुन्छ । रिलायन्स इन्डस्ट्रिजका मालिक अम्बानी विश्वकै टपटेन धनीभित्र पर्छन् । यो क्रम कहिलेकाहीँ तलमाथि पनि हुन्छ । आज उनै अम्बानीका दुई टर्निङ प्वाइन्टबारे केही कुरा :

मुकेशका पिता धिरुभाइ अम्बानी अदनमा ट्रेडिङ बिजनेस गर्थे । मुकेश त्यहीँ जन्मे । पछि बिजनेस मुम्बईमा स¥यो । अभिभावकसहित उनको परिवार भुलेश्वरको दुईकोठे घरमा बसोवास गर्न थाल्यो । उनले स्थानीय स्कुलमा अध्ययन गरे । त्यही अनुभवले पनि आज मुकेश भुइँमान्छेसरह छन् । र त अरूले झैँ स्ट्रिट फुड खान्छन्, रमाउँछन् ।

इन्स्टिच्युट अफ केमिकल टेक्नोलोजी (आइसिटी) बाट केमिकल इन्जिनियरिङमा डिग्री गरेपछि एमबी गर्न स्ट्यान्फोर्ड युनिभर्सिटी पुगे, सन् १९८० मा । उच्चशिक्षा हासिलपछि उनको इच्छा कि त विश्व बैंकमा इन्टर्न गर्ने थियो कि युनिभर्सिटीमा अध्यापन गर्ने । तर, बीचैमा उनका बुबाले पातालगंगा पेट्रोकेमिकल्स कम्प्लेक्स तथा पोलिस्टर फिलामेन्ट यार्न प्लान्ट बनाउनमा सहयोग गर्न भनेर बोलाए । धिरुभाइ चाहन्थे, छोरा फर्कियोस् । किनकि, अनुभव कमाउने सबभन्दा राम्रो उपाय ट्रेन्चमा काम गर्नु हो भन्ने उनलाई लाग्थ्यो । 

भयो पनि त्यस्तै । मुकेश फर्किए, ट्रेलरमा सुतेर भए पनि प्रोजेक्ट सम्पन्न गरे । ‘मेरो फाइदा भनेको बुबाले मलाई पहिलो पुस्ताका रूपमा स्विकार्नुभयो,’ न्युयोर्क टाइम्ससँगको एउटा कुराकानीमा उनले भनेका छन्, ‘उहाँले मलाई साथीजस्तो व्यवहार गर्नुभयो । जहिल्यै ‘हुन्छ’, ‘ल गरौँ’ भनिरहनुभयो । त्योभन्दा बढी स्वतन्त्रता र क्षमता दिनुभयो ।’

त्यो अनुभव सायद जो कसैको जीवनमा पनि सफलताको टर्निङ प्वाइन्टका रूपमा लेखिन सक्छ । मुकेशको पनि पहिलो टर्निङ प्वाइन्ट यही बन्यो । सन् २००२ मा पिता धिरुभाइको देहान्त भयो । त्यसपछि भाइ अनिल अम्बानीसँग मुकेशको पारिवारिक तिक्तता सुरु भयो । 

उच्चशिक्षा हासिलपछि अम्बानीको इच्छा कि विश्व बैंकमा इन्टर्न गर्ने कि युनिभर्सिटीमा अध्यापन गर्ने थियो । तर, बीचमै उनका बुबाले पातालगंगा पेट्रोकेमिकल्स कम्प्लेक्स तथा पोलिस्टर फिलामेन्ट यार्न प्लान्ट बनाउनमा सहयोग गर्न भनेर बोलाए । 

रिलायन्सको स्वामित्वलाई लिएर भाइबहिनीबीच झगडा सुरु भयो । माता कोकिलाबेनले यसलाई सल्टाउन सन् २००५ मा हस्तक्षेप गर्नुप¥यो । अधिकार बाँडफाँट गर्दा मुकेशले ग्रुपको औद्योगिक बिजनेस पाए भने अनिलले टेलिकम्युनिकेसन, पावरप्लान्ट र वित्तीय क्षेत्र पाए । मुकेशलाई नजिकबाट चिन्नेहरूले डिमर्जरलाई टाढै छोडेर बिल्कुल नयाँ कम्पनी खडा गरेको बताउँछन् । 

अनौठो कुरा त के भने मुकेशले सन् २००८ मा जामनगरको प्लान्टलाई विश्वकै ठूलो ग्रिनफिल्ड आयल रिफाइनिङ र पेट्रोकेमिकल्स कम्प्लेस विस्तार गर्न मानेनन् । कालान्तरमा रिलायन्स इन्डस्ट्रिज ६ खर्ब डलरबराबरको सुविधासम्पन्न तथा लाभदायक भेन्चर बन्यो ।

यति हुँदा पनि उनले आराम गर्न चाहेनन् । बरु निरन्तर खटेर रिफाइनिङ तथा पेट्रोकेमिकल्सदेखि रिटेल, टेलिकम, टेक्नोलोजी कम्पनीसम्म रिलायन्सलाई विविधीकरण गरे । 
कोभिड महामारीका बाबजुद पनि उनले गुगल, फेसबुक आदिबाट जियो प्लेटफर्म लिमिटेडमा १.४५ लाख करोड भारु  जुटाउन सफल भए । जसले गर्दा रिटेल तथा टेलिकमको बिजनेसले उच्च नाफा दियो । उनको जीवनको दोस्रो टर्निङ प्वाइन्ट थियो यो । 

‘यी सबैका बाबजुद मेरो जीवनको टर्निङ प्वाइन्ट भनेको सन् १९९० ताका भारतले स्वीकार गरेको आर्थिक सुधार नै हो,’ इन्डिया टुडेसँगको एउटा संवाद उनले भनेका छन्, ‘उदारीकरणले हाम्रो देशमा दबिएको ऊर्जा मुक्त गरिदियो । मेरा बुबा धिरुभाइ अम्बानीले लामो समयसम्म यस्तो सुधारको समर्थन गरिरहनुभयो । कारण, भारतीय निजी क्षेत्रले विश्वस्तरीय तथा वैश्विक क्षेत्रमा ठूलो मात्रामा समृद्धि ल्याउने क्षमता राख्छ । ‘हामी कोहीभन्दा कमी छैनौँ’ भन्ने मूल मन्त्रका साथ मैले उहाँलाई सहयोग गरिरहेँ । त्यहाँदेखि रिलायन्सले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । रिलायन्सले पछाडि फर्केर नहेर्नु भनेको मैले पछाडि नफर्किनु हो ।’