१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत ५ सोमबार ०८:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालय प्रमुखको मृत्यु

Read Time : < 1 मिनेट
२०८० चैत ५ सोमबार ०८:१७:००

गएराति भैरहवामा भएको सडक दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको  मृत्यु भएको छ। भैरहवाबाट लुम्बिनी आउँदै गरेको बा.२१च ७५५३ नम्बरको कारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलअगाडि सडकमा ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

भैरहवा–लुम्बिनी सडकखण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको कार विमानस्थल गेटअगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।