१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १५:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सदनमा रास्वपा सांसद खनाल : ‘सडक दुर्घटना नियन्त्रणमा सरकारले मौनता साँध्न हुँदैन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:o५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सडक दुर्घटना नियन्त्रणमा सरकारले मौनता साँध्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद खनालले सडक दुर्घटना नियन्त्रणमा सरकारले मौनता साँध्न नहुने बताएका हुन् । 

पछिल्लो १० वर्षमा १९ हजारभन्दा बढीको मृत्युको कारण सवारी दुर्घटनामा भएको भन्दै उनले यसबाट भएको आर्थिक र मानसिक क्षतितर्फ पनि ध्यान दिनुपर्ने धारणा राखे ।

‘दश वर्षको सशस्त्र द्वन्द्वमा १७ हजारको मृत्यु भएको तथ्यांकले नेपाली राजनीतिक वृत्त पटकपटक तरंगित भइरहेको छ । तर, पछिल्लो १० वर्षमा १९ हजारभन्दा बढीको ज्यान सडक दुर्घटनामा गएको कुराले न त भाषण गर्ने मञ्च गर्जिन्छ, न त सिंहदरबार थर्किन्छ,’ उनले भने, ‘पछिल्ला दिनमा यही प्रतिनिधिसभाको बैठक कक्षमा धेरै सांसदले देशभर भइरहेका दुर्घटनाका विषयमा गम्भीर सवाल उठाइरहनुभएको छ । तर, सरकारको आधिकारिक धारणा आएको छैन । यति गम्भीर विषयमा सरकारले मौनता साँध्न हुन्छ कि हुँदैन ?’

उनले दुर्घटनामा मृत्यु भएकामध्ये ४० प्रतिशत २६ वर्षभन्दा कम उमेरका भएको चर्चा गर्दै त्यस्तो मृत्युले परिवार र राष्ट्रलाई क्षति पुर्‍याइरहेको बताए । 

‘नेपालमा सडक दुर्घटनामा मृत्यु भएकाहरूमध्ये ४० प्रतिशत २६ वर्षभन्दा मुनिका हुन्छन् । युवा र परिवार धान्ने उमेरका युवाको मृत्यु हुँदा परिवारमा पर्ने पीडा र आर्थिक क्षति त छँदै छ, गम्भीर घाइते भएकाहरूको उपचारमा पनि परिवारले निकै ठूलो व्ययभार र निकै ठूलो झन्झट व्यहोर्नुपर्ने हुन्छ,’ उनले भने, ‘पछिल्ला दिनमा यही प्रतिनिधिसभाको बैठक कक्षमा धेरै सांसदले देशभर भइरहेका दुर्घटनाका विषयमा गम्भीर सवाल उठाइरहनुभएको छ । तर, सरकारको आधिकारिक धारणा आएको छैन,’ उनले प्रश्ने, ‘यति गम्भीर विषयमा सरकारले मौनता साँध्न हुन्छ कि हुँदैन ?’

सांसद खनालले सरकारद्वारा प्रस्तावित राष्ट्रिय सडक सुरक्षासम्बन्धी कार्ययोजना पारित गर्न नसकेको बताए । यस्तै, राष्ट्रिय सडक सुरक्षा परिषदमा आर्थिक अभावका कारण कर्मचारी व्यवस्थापन हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । 
    
‘पछिल्लो एक दशकमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ६१ प्रतिशतले बढेको छ । यही अवस्था रहे हरेक वर्ष पाँच हजारजना नेपालीले सडकमा ज्यान गुमाउने छन्,’ उनले भने ।

ad
ad