१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा सडक दुर्घटना, २१ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:४६:oo

अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा आइतबार बस र तेल ट्यांकर र मोटरसाइकल एक–आपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ । ३८ जना घाइते भएका छन् । 

हेरात सहरबाट राजधानी काबुलतर्फ जाँदै गरेको यात्रुवाहक बस दुईजना सवार मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि बस र ट्यांकर ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलका दुवैजनाको ज्यान गएको थियो । अन्य मृतक बसका यात्रु हुन् । 

हेलमान्डस्थित ट्राफिक प्रहरी स्रोतले जनाएअनुसार दक्षिणी सहर कान्दाहारबाट हेराततर्फ जाँदै गरेको तेल ट्यांकरसँग बस ठोक्किँदा दुवै सवारीसाधनको गति अनियन्त्रित भई दुर्घटना हुन पुगेको हो । 

अफगानिस्तानमा खराब सडक, चालकको लापरबाही र सडक कानुनको नियमनको कमीका कारण बर्सेनि हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् । 

प्रान्तीय सूचना विभागले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, ‘आइतबार बिहान एउटा ट्यांकर, मोटरसाइकल र यात्रुवाहक बस एक–आपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।’

हेल्मान्ड प्रान्तको ग्रिस्क जिल्लामा हेरात–कान्दाहार राजमार्गमा उक्त दुर्घटना भएको हो । हेलमान्डको गभर्नर कार्यालयका प्रवक्ता मोहम्मद कासिम रियाजले एएफपीलाई बताएअनुसार उक्त दुर्घटनाका कारण ती सवारीसाधन जलेका थिए ।

सूचना विभागले सामाजिक सञ्जालमा साझा गरेको तस्बिरमा राजमार्गमा छरिएर रहेका मृतक र जलेका गाडीका अवशेष देख्न सकिन्छ । अधिकारीका अनुसार अहिले उद्धार तथा सफाइकर्मीहरूलाई भग्नावशेष हटाउने काममा लगाइएको छ । घाइतेमध्ये ११ जना गम्भीर घाइते भएका छन् भने २७ जना सामान्य घाइते भएका छन् । (रासस/एएफपी)

ad
ad