१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २१:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

फिलिपिन्समा सडक दुर्घटनामा १७ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २१:o८:oo

दक्षिणी फिलिपिन्समा बालुवाले भरिएको एउटा डम्प ट्रक र एउटा यात्रुबाहक भ्यान आपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। 

दुर्घटना मिन्डानाओको दोस्रो सबैभन्दा ठूलो टापुस्थित उत्तरी कोटाबेटो प्रान्तको एन्टिपास नगरपालिकाको मुख्य सडकमा दिउँसो भएको हो। प्रहरी क्याप्टेन गोडोफ्रेडो तुपाजले मृतकहरू भ्यानका चालक र यात्री रहेको बताए। 

यसअघि मृतकको संख्या १३ रहेको बताइएको थियो। तुपाजका अनुसार मृतकमध्ये ६ वर्षका बालक पनि रहेको र उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। घाइते एकको उपचार भइरहेको छ। 

दुर्घटनामा डम्प ट्रकका चालक र त्यसमा सवार दुई यात्रु बचेको र चालकलाई प्रहरी हिरासतमा राखिएको तुपाजले बताए। प्रत्यक्षदर्शीहरूले दुई सवारी ठोक्किनुअघि ट्रकको ब्रेक फेल भएको बताएको आपत्कालीन अधिकारी माइक गारफिनले जानकारी दिए। उनका अनुसार सम्भवतः दुर्घटनाका कारण भ्यानमा आगो लागेको थियो। 

फिलिपिन्समा घातक दुर्घटनाहरू सामान्य हुन्। यहाँ चालकहरू प्राय: नियमहरूको उल्लंघन गर्छन् र सवारीहरूको मर्मत खराब हुन्छ। साथै, ती सवारीमा क्षमताभन्दा बढी सामान लोड गरिन्छ। (रासस/एएफपी)

ad
ad