१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण ३० बुधबार ०९:०४:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण ३० बुधबार ०९:०४:००

नयाँ सत्ता गठबन्धनबाट कति आशावादी हुन सकिएला ?
यसअघि पनि यही गठबन्धनले सरकार नबनाएको होइन । त्यतिखेर यसले खासै गतिलो काम केही देखाउन सकेन । त्यसैले, यसको काम नहेरी आशावादी भइहाल्ने अवस्था छैन । विगतमा यो गठबन्धनले औसत काम गरेर देखाएको त हो । तर, यिनीहरू आफूलाई वामपन्थी भन्ने शक्ति भएकाले औसत काम गरेर पुग्दैन । यिनले त रूपान्तरणकारी काम गर्न सक्नुपर्छ । यिनले विगतमा कृषिक्रान्ति, भूमिसुधार, रोजगारी सिर्जना जस्ता काम केही गरेनन् । त्यसैले, यिनले विगतबाट चेतेर काम गर्लान् कि भन्ने शंकाको लाभसम्म दिन सकिन्छ, आशावादी नै भइहाल्न भने सकिन्न ।  

यो गठबन्धन आगामी निर्वाचनसम्मै सँगै जान सक्ने सम्भावना कति देख्नुहुन्छ ?
यो गठबन्धन आगामी निर्वाचनसम्म सँगै जान्छ कि जाँदैन भन्नेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको ‘केमेस्ट्री’मा भर पर्छ । विगतमा पार्टी नै एक हुँदा पनि यी दुईको केमेस्ट्री मिलेन । फुट्नै नपर्ने विषयमा पनि पार्टी फुट्यो । तर, अहिले ओलीले आफ्नो इगो केही हदसम्म कम गरेका हुन् कि जस्तो देखिन्छ । यसले निरन्तरता पायो भने गठबन्धन निर्वाचनसम्मै जान पनि सक्ला । तर, यी दुई नेता लड्न थालेको दिन यो भत्किन बेर लाग्दैन । 

वर्तमान सत्ता गठबन्धनले वाम शक्तिलाई नजिक ल्याउन सघाउला त ?
प्रचण्ड र माधव नेपालको ओलीसित इगोको टक्कर छ । दुवै नेताले ओलीलाई भर गर्न नसकिने मान्छे ठान्छन् । तर, अहिले कम्तीमा पनि यी नेताहरूबीच आतेजाते सुरु भएको छ । संवादको थालनी हुनु राम्रो हो । वाम एकताको भविष्य यिनीहरूकै हातमा छ ।