मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २९ मंगलबार
  • Thursday, 19 December, 2024
रमेश रावल सुर्खेत
२o८o फाल्गुण २९ मंगलबार १५:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुर्खेतमा घाँटी रेटिएको अवस्थामा युवकको शव फेला

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८o फाल्गुण २९ मंगलबार १५:५७:oo

सुर्खेतको वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ। बुधबार बारा घर भई हाल वीरेन्द्रनगर– ९ लाटीकोइलीस्थित दैलेखी टोलमा बस्ने अन्दाजी ३२ वर्षीय अनिल पट्टेलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ भने घटनास्थलमा रगत लागेको चुलेसीसमेत फेला परेको छ।

‘घटनाका विषयमा हामीलाई स्थानीयले जानकारी गराएका थिए। स्थानीयले खबर गरेपछि हामी तत्काल घटनास्थलमा पुगेका थियौँ,’ घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘मृतकको कोठामा रगत लागेको चुलेसी फेला परेको छ। परिवार आएपछि थप प्रक्रिया अघि बढाउँछौँ।’ 

घटनाका विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। बाराबाट उनको परिवारले आफूहरू सुर्खेत आउन लागेकाले शव नउठाउन भनेकाले उनी बसेको कोठामा शव शिल गरेर राखिएको प्रहरीले जनाएको छ।