१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २२ मंगलबार
  • Wednesday, 03 July, 2024
कमल खत्री म्याग्दी
२o८o फाल्गुण २२ मंगलबार o८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८o फाल्गुण २२ मंगलबार o८:५७:oo

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुवीन श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न संघको ३०औँ साधारणसभा तथा १२औँ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको हो । श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लीलाराम गौतम, द्वितीय उपाध्यक्षमा अमृत बानियाँ, महासचिवमा नारायण जिसी, कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतीलाल पौडेल, सह–सचिवमा टेकप्रसाद सापकोटा र सह–कोषाध्यक्षमा बाबुराम आचार्य चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत यामबहादुर चोखालले प्रमाणपत्र वितरण गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले उद्योगी व्यवसायीको हकहित र उनीहरूको सुरक्षा, संस्थाको गरिमा बढ्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्लाको पर्यटन ,उत्पादन, कृषि, जडीबुटी, जलविद्युत् र खानीलगायत क्षेत्रमा लगानी भिœयाउन र उद्योग व्यवसायको विस्तारमा तीनवर्षे कार्ययोजना बनाएर अघि बढ्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । साधारणसभाको शनिबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए । 

ad
ad
ad
ad