१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २१ सोमबार १७:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनयुद्धलाई औचित्यहीन भन्नु इतिहासको मजाक : विप्लव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २१ सोमबार १७:२७:००

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केही व्यक्तिले इतिहासको मजाक बनाएको टिप्पणी गरेका छन्।

जनयुद्धलाई औचित्यहीन भन्ने र अपराधजस्तो गरी इतिहासको मजाक गरिएको भन्दै समाजवादी मोर्चाका संयोजकसमेत रहेका विप्लवले आपत्ति जनाए।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनयुद्ध र जनआन्दोलनले नेपालका सम्पूर्ण विद्रोहको रूपमा जन्माएको सन्तान हो। अहिले केही मान्छेले जनयुद्धलाई औचित्यहीन भन्न थाले। उस्तै परे अपराध भन्न थाले। त्यो देख्दा इतिहासको मजाकजस्तो लाग्छ मलाई। नायकहरू अपराधीजस्तो र अपराधीहरू नायकजस्तो बन्ने परिस्थिति बनेको अनुभव भएको छ।’

शान्ति प्रक्रियाले द्वन्द्वको अवस्थालाई एउटा ढंगले व्यवस्थापन गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै उनले इतिहासको मजाक नगर्न चेतावनी दिएका छन्।