१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २० आइतबार ०८:०७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रचण्ड, खनाल र विप्लवबीच वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २० आइतबार ०८:०७:००

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा तीन नेताबीच शनिबार बिहान भेटवार्ता भएको हो । उनीहरूबीच समसामयिक राजनीतिक परिस्थिति, वामपन्थी एकता, समाजवादी कार्यक्रमलगायतका विषयमा छलफल भएको छ । 

शनिबार साँझ खनालनिवास डल्लुमा खनाल र विप्लवबीच पुनः भेटवार्ता भएको छ । कम्युनिस्ट आन्दोलनको चुनौती र समाजवादी क्रान्तिको बारेमा छलफल भएको खनालले जानकारी दिए । ‘कम्युनिस्ट आन्दोलनको चुनौती, समाजवादी क्रान्ति र वामपन्थी एकताको विषयमा प्रारम्भिक छलफल भयो । समीक्षात्मक रूपमा अनुभव आदानप्रदान भयो,’ उनले भने ।

सोमबार पुनः छलफल गर्ने तय भएको छ । विप्लव माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपा सम्मिलित मोर्चाको संयोजक छन् । विप्लवले कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्दै मोर्चालाई सशक्त बनाउने बताएका छन् । सबै वामपन्थी घटकसँग छलफल गर्ने विप्लवको तयारी छ ।