बिचौलियाको सञ्जालको जरासम्म पुगेर छानबिन गर्न सरकारसँग रञ्जु दर्शनाको माग

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले बिचौलियाहरूको सञ्जालको निष्पक्ष छानबिन गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउन नेपाल सरकारसँग माग गरेकी छिन्।

शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले बिचौलियाहरूको सञ्जाल क्रमशः पर्दाफास हुँदै गएको उल्लेख गर्दै सरकारले सतही तहमा मात्र अनुसन्धान सीमित गर्न नहुने बताएकी छिन्।

सांसद दर्शनाले बिचौलियाको सञ्जालको जरा र संरचनासम्मै पुगेर निष्पक्ष छानबिन तथा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएकी छिन्। यस्ता प्रवृत्तिको अन्त्य गर्दै राज्यको प्रणालीलाई पारदर्शी, जवाफदेही र संस्थागत बनाउँदै लैजानुपर्ने उनको भनाइ छ।

सुशासन कायम गर्न र देशको दीर्घकालीन हित सुनिश्चित गर्न बिचौलियातन्त्रको अन्त्य तथा प्रणालीगत सुधार आवश्यक रहेको उनले उल्लेख गरेकी छिन्।

सुझावित समाचार